बढ्दो महंगीबाट श्रमिकहरुको जीवन कष्टकर बन्दै


१८ बैशाख, सुर्खेत,१३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) नेपाल टे«ेड युनियन महासंघ (जिफन्ट) कर्णाली प्रदेश कमिटीले सुर्खेतको वीरेन्द्रनगरमा सोमबार ¥यालीसहित कोणसभा गरेर मनाएको छ । वीरेन्द्रनगरको मंगलगढी चौकबाट ¥याली सुरु गरेर गोदामलाईन, हटियालाईन हुँदै घण्टाघर चौकको पिपल चौतारीमा पुगेर कोण सभा परिणत भएको थियो ।
कोण सभाका अध्यक्ष जिफन्ट प्रदेश अध्यक्ष तेज प्रकाश जिसीले प्रतिफलका लागि एकतावद्ध हुन, संगठित हुन र परिचालित बन्न सक्नु नै श्रम संसारको श्रमशक्ति विकास भएको बताउँदै विभिन्न कालखण्डमा हुने श्रमिकहरुको अधिकारमाथिको हनन्का विरुद्ध जोसुकैलाई नछोड्ने र अधिकारका लागि संघर्ष गर्ने चेतावनी दिनुभयो । अध्यक्ष जिसीले श्रम ऐन र स्थानीय सरकार सञ्चालन ऐेनमा भएको व्यवस्था अनुसार श्रमिकको प्रतिनिधित्वलाई तिनै तहका सरकारको नीति निर्माण तहमा कार्यान्वयनमा लागि दवाव सिर्जना गर्दै आइरेको र आ.व. ०८०÷०८१ को बजेटमा श्रम तथा रोजगार क्षेत्रमा प्रयाप्त नीति कार्यक्रमहरु राखी कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारलाई आव्हान गर्नुभयो ।
कोण सभामा बोल्दै प्रमुख अतिथि जिफन्ट प्रदेश इन्चार्ज एवम् नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीका सदस्य नवराज सिंहले बढ्दो मंहगीका कारण श्रमिकहरुको जनजीवन कष्टकर बन्दै गइरहेको अवस्थामा राज्यले प्रदान गर्ने सामाजिक सुरक्षाका आधारहरु समेत कटौती गर्ने चलखेल गरिरहेकोले त्यसको विरुद्धमा होशियार रहन र प्रतिवाद गर्न एकताबद्ध हुन प्रेरणा जगाउनुभयो ।
सभालाई सम्बोधन गर्दै जिफन्ट राष्ट्रिय कमिटी सदस्य चन्द्रा धामीले कर्णालीमा श्रमिकहरु माथिको ज्याला विभेद र श्रम शोषण विद्यमान रहेको बताउँदै कानुनतः सबैको अधिकार सुनिश्चित गर्न एकजुट भई अधिकारका लागि हस्तक्षेप गर्न लाग्नुपर्ने आवश्यकता रहेको औंल्याउनु भयो ।
जिफन्ट प्रदेश सचिव श्रीपाल सारु मगरले सञ्चालन गर्नुभएको सो कोणसभामा विभिन्न क्षेत्रमा कार्यरत अनौपचारिक र औपचारिक क्षेत्रका श्रमिकहरु, पालिका कमिटी, घटकका विभिन्न तहका अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन