ई-सिमको परीक्षण पूरा, वितरणको तयारी

 २०७९ साउन २१,काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को सम्पूर्ण तयारी सम्पन्न गरेको छ । हाल बजारमा उपलब्ध हुने प्लास्टिक तथा धातुबाट निर्मित चिप जडित कार्डको विकल्पमा कम्पनीले मोबाइल तथा अन्य डिजिटल उपकरणमै ‘इम्बेड’ (गाँस्न) गर्न सकिने ई–सिम उपलब्ध गराउने भएको हो । 

त्यसका लागि आवश्यक सम्पूर्ण परीक्षण सम्पन्न गरी बिक्रि वितरण गर्ने मोडेलको तयारी भइरहेको टेलिकमले जनाएको छ । “ई-सिम परीक्षणको सम्पूर्ण काम सम्पन्न भएर वितरणको लागि तयारी अवस्थामा छ,” टेलिकमका प्रवक्ता शोभन अधिकारीले टेकपानासँग भने, “तर, त्यसको वितरण मोडेल भने फाइनल हुन सकेको छैन् ।”

यसको अर्थ ई-सिम वितरण अनलाइनबाटै गर्ने कि ग्राहक काउन्टरमै उपस्थित भएर लिने भन्ने कुरा निर्धारण हुन बाँकी हुनु हो । टेलिकमका अनुसार अनलाइनमार्फत जाने हो भने त्यसका लागि आवश्यक सिस्टम निर्माण गर्नुपर्ने हुन्छ । साथै त्यसलाई प्रभावकारी र सुरक्षित पनि बनाउन समेत उत्तिकै आवश्यक हुन्छ ।

दोस्रो विकल्प भनेको ग्राहक भौतिक रूपमा नै कार्यालयमा पुगेर लिने पुरानै प्रकृया हो । यी दुई विकल्प मध्ये सुरुमा भौतिक उपस्थिति गरेर त्यसैलाई क्रमशः अनलाइनमा रूपान्तरण गर्ने कुरा पनि भइरहेको उल्लेख छ । 

“अहिले अड्किएको कारण यही मात्र हो,” टेलिकमका एक जना प्राविधिकले भने, “वितरणको मोडल फाइनल हुने बित्तिकै ई-सिमको वितरण सुरु हुन्छ । यदि भौतिक रूपमा उपस्थित गराएर वितरण गर्ने हो भने हामी यही साउन भित्रै सेवा उपलब्ध गराउन सक्छौँ ।”

तर यदि सिस्टम बनाएर अनलाइनबाटै जाने हो भने थप केही समय लाग्न सक्ने टेलिकमका अधिकारीहरू बताउँछन् । यस्तो अवस्थामा ई-सिमको वितरण ढिलोमा भदौबाट थाल्न सकिने उल्लेख छ । 

कम्पनीले ई-सिम सपोर्ट गर्ने सेटहरूमा त्यसको परीक्षण गरिसकेको छ । हाल बजारमा सुरुमै ई-सिम सपोर्ट गर्ने गरी आएका स्मार्टफोनका मोडल थोरै भएपनि ग्राहकले जुनसकुै मोबाइललाई पनि ई-सिम सपोर्ट गर्ने बनाउन सक्ने समेत देखिएको टेलिकमले जनाएको छ ।

“सुरुमै ई-सिम इनेबल नभएका मोबाइलमा पनि ई–सिम सपोर्ट गर्ने बनाउनका लागि समेत छुट्टै प्रविधि उपलब्ध रहेको देखियो,” टेलिकमका प्राविधिकले भने, “त्यसका लागि हाल उपलब्ध सिममा एउटा डमी सिमको रुपमा एडप्टर राखेर प्रयोग गर्न सकिन्छ । त्यसो भएको खण्डमा धेरै प्रयोगकर्ताले ई-सिम प्रयोग गर्न सक्छन् ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा