मतदान केन्द्र पुनरावलोकन कार्ययोजना तयार

काठमाडौँ, १० साउन । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनको गृहकार्य अघि बढाएको छ । आयोगले मतदाता नामावली संकलन कार्यसंगै मतदानस्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्य समेत अघि बढाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी निर्वाचनलाई ध्यानमा राखेर मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्ययोजना बनाइसकेको जानकारी दिनुभएको हो ।

सुरक्षा तथा सुविधाको दृष्टिकोणबाट मतदान केन्द्र तोक्दा अपनाउनुपर्ने आधारहरु समेत राखेर आयोगले कार्ययोजना तयार गरेको बताइएको छ । यसको लागि साउन १ गतेदेखि भाद्र ७ गतेसम्म कार्यक्रम सञ्चालन हुने गरी आयोगको गत असार ३१ गतेको निर्णयअनुसार कार्यक्रम स्वीकृत गरी जिल्ला जिल्लामा पठाई सकिएको पनि प्रवक्ता पौडेलले बताउनुभयो । सम्पूर्ण मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहुँचयोग्य र विवादरहित रुपमा पायक पर्ने स्थानमा स्थल तथा केन्द्र निर्धारण गर्न निर्देशन दिइएको पनि प्रवक्ता पौडेलले बताउनुभयो । यस विषयमा जिल्लामा राजनीतिक दलहरुसंग समन्वय गरिने पनि प्रवक्ता पौडेलको भनाइ छ ।

आयोगले हरेक निर्वाचनको लागि मतदाताको संख्या तथा सुरक्षा अवस्थालाई ध्यानमा राखेर मतदानस्थल तथा मतदान केन्द्र तोक्ने गर्दछ । यससम्बन्धी कार्यविधिअनुसार सकभर मतदातालाई पायक पर्ने गरी सार्वजनिक स्थानमा तोक्नुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न

गण्डकी प्रदेश सडक ऐन संशोधन विधेयक सर्वसम्मत पारित

पोखरा, १६ चैत २०८२ ।  गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न

पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो

काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त