मतदान केन्द्र पुनरावलोकन कार्ययोजना तयार

काठमाडौँ, १० साउन । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनको गृहकार्य अघि बढाएको छ । आयोगले मतदाता नामावली संकलन कार्यसंगै मतदानस्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्य समेत अघि बढाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी निर्वाचनलाई ध्यानमा राखेर मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्ययोजना बनाइसकेको जानकारी दिनुभएको हो ।

सुरक्षा तथा सुविधाको दृष्टिकोणबाट मतदान केन्द्र तोक्दा अपनाउनुपर्ने आधारहरु समेत राखेर आयोगले कार्ययोजना तयार गरेको बताइएको छ । यसको लागि साउन १ गतेदेखि भाद्र ७ गतेसम्म कार्यक्रम सञ्चालन हुने गरी आयोगको गत असार ३१ गतेको निर्णयअनुसार कार्यक्रम स्वीकृत गरी जिल्ला जिल्लामा पठाई सकिएको पनि प्रवक्ता पौडेलले बताउनुभयो । सम्पूर्ण मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहुँचयोग्य र विवादरहित रुपमा पायक पर्ने स्थानमा स्थल तथा केन्द्र निर्धारण गर्न निर्देशन दिइएको पनि प्रवक्ता पौडेलले बताउनुभयो । यस विषयमा जिल्लामा राजनीतिक दलहरुसंग समन्वय गरिने पनि प्रवक्ता पौडेलको भनाइ छ ।

आयोगले हरेक निर्वाचनको लागि मतदाताको संख्या तथा सुरक्षा अवस्थालाई ध्यानमा राखेर मतदानस्थल तथा मतदान केन्द्र तोक्ने गर्दछ । यससम्बन्धी कार्यविधिअनुसार सकभर मतदातालाई पायक पर्ने गरी सार्वजनिक स्थानमा तोक्नुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

यस्ता छन् प्रधानमन्त्रीको सचिवहरूलाई २६ बुँदे निर्देशन

साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की