जनार्दन शर्मा माथि लागेका मुख्य आरोप

काठमाडौँ, २३ असार । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले मन्त्री भएदेखि नै विवादास्पद र स्वार्थप्रेरित काम गर्दै आइरहेको अर्थ मन्त्रालयकै अधिकारीहरूको अनुभव छ । जिद्दी स्वभावका शर्माले मन्त्रालयको हितमा राम्रा र असल सुझाव दिने कुनै पनि कर्मचारीलाई टिक्न दिएनन् । आर्थिक क्षेत्रको ज्ञाताकै रूपमा छवि बनाएका र काममा पोख्त रहेका तत्कालीन अर्थसचिव शिशिरकुमार ढुंगाना उनको पहिलो तारो बन्न पुगे ।

मुलुकको आर्थिक अवस्था उँचो बनाउन अहोरात्र खट्न सक्ने क्षमताका धनी ढुंगानालाई हटाएपछि उनले सचिव, सहसचिवलगायत सबै ‘एसम्यान’ खोज्न थाले । आर्थिक क्षेत्रका काबिल मानिएका मन्त्रालयका सबै सहसचिवलाई उनले त्यहाँबाट हटाए र आफूले भनेको मान्ने ‘एसम्यान सचिव सहसचिव’ ल्याए । त्यसपछि मन्त्रालयका उनलाई असल सल्लाह दिने कोही भएनन् । जसले मन्त्री शर्मालाई आर्थिक क्षेत्र सुधारका सम्बन्धमा राम्रा र असल सल्लाह दिन्थे, ती सबै एकपछि अर्को तारो बन्ने गरेको अर्थ मन्त्रालयकै एक उच्च अधिकृतले बताए । त्यसपछि उनले एक पछि अर्को विवादास्पद निर्णय गर्न थाले ।

एक वर्षअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई नमान्ने भन्दै अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक ल्याए । सो बजेटमा अर्थमन्त्री शर्माको स्वार्थसमूहमा रहेर काम गरेका केही व्यापारीलाई मात्रै लाभ हुनेगरी व्यवस्था गरिएको आरोप लागेको थियो । अर्थमन्त्री भएपछि उनले गरेका मुख्य कर्तुत यस्ता छन् । उनको राजीनामा पछि अब के ती कर्तुत सच्चिएलान् त ? 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे

नाम, जन्ममिति र विवाह दर्ता लगायतका व्यक्तिगत विवरण सच्याउने बाटो खुल्याे

 कात्तिक २६, काठमाडौँ। सरकारले व्यक्तिगत घटना दर्ता नियमावली, २०७७ संशोधन गर्ने निर्णय गरेको छ। सोमबार

जेनजी आन्दोलनबाट सय अर्बको क्षति, पुनर्निर्माण दुई महिनापछि थालिने

कार्तिक २५,काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट