जनार्दन शर्मा माथि लागेका मुख्य आरोप

काठमाडौँ, २३ असार । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले मन्त्री भएदेखि नै विवादास्पद र स्वार्थप्रेरित काम गर्दै आइरहेको अर्थ मन्त्रालयकै अधिकारीहरूको अनुभव छ । जिद्दी स्वभावका शर्माले मन्त्रालयको हितमा राम्रा र असल सुझाव दिने कुनै पनि कर्मचारीलाई टिक्न दिएनन् । आर्थिक क्षेत्रको ज्ञाताकै रूपमा छवि बनाएका र काममा पोख्त रहेका तत्कालीन अर्थसचिव शिशिरकुमार ढुंगाना उनको पहिलो तारो बन्न पुगे ।

मुलुकको आर्थिक अवस्था उँचो बनाउन अहोरात्र खट्न सक्ने क्षमताका धनी ढुंगानालाई हटाएपछि उनले सचिव, सहसचिवलगायत सबै ‘एसम्यान’ खोज्न थाले । आर्थिक क्षेत्रका काबिल मानिएका मन्त्रालयका सबै सहसचिवलाई उनले त्यहाँबाट हटाए र आफूले भनेको मान्ने ‘एसम्यान सचिव सहसचिव’ ल्याए । त्यसपछि मन्त्रालयका उनलाई असल सल्लाह दिने कोही भएनन् । जसले मन्त्री शर्मालाई आर्थिक क्षेत्र सुधारका सम्बन्धमा राम्रा र असल सल्लाह दिन्थे, ती सबै एकपछि अर्को तारो बन्ने गरेको अर्थ मन्त्रालयकै एक उच्च अधिकृतले बताए । त्यसपछि उनले एक पछि अर्को विवादास्पद निर्णय गर्न थाले ।

एक वर्षअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई नमान्ने भन्दै अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक ल्याए । सो बजेटमा अर्थमन्त्री शर्माको स्वार्थसमूहमा रहेर काम गरेका केही व्यापारीलाई मात्रै लाभ हुनेगरी व्यवस्था गरिएको आरोप लागेको थियो । अर्थमन्त्री भएपछि उनले गरेका मुख्य कर्तुत यस्ता छन् । उनको राजीनामा पछि अब के ती कर्तुत सच्चिएलान् त ? 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत