समाजवादीका निवर्तमान मन्त्री एमालेमै फर्किने तयारी !

 असार १४,काठमाडौं । एकीकृत समाजवादीको कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय परिषद भेला भइरहेको छ । हिजोबाट सुरु भएको भेलामा करिब १५ सय सहभागी रहेका छन् । मिनी महाधिवशेनको रुपमा पनि चर्चित यो भेलामा तीनजना नेताको खोजी खुबै गरियो । मन्त्री पद छोड्नुपर्ने भएपछि खुबै असन्तुष्ट देखिएका उनीहरु  हिजोको भेलामा गएनन ।

 

नेता विरोध खतिवडा, प्रेम आले र किसान श्रेष्ठले अघोषित रुपमा बहिस्कार गरेको भेलामा रामकुमारी झाँक्री भने सहभागी थिइन । यी जना नेताहरु पार्टी निर्णयप्रति असन्तुष्ट थिए त्यही कारण उनीहरु भेलामा नगएको चर्चा पनि भइरहेको छ  ।

आलेले शनिवारको केन्द्रीय कमिटी बैठक पनि बहिस्कार गरेका थिए । २०७९ असार १० गते शुक्रवारको पोलिटव्युरो बैठकमा ४८ घण्टाभित्र मन्त्री छोड्ने उद्घोष गरेका आले भोलिपल्ट बिहानै डोटीतिर लागेका थिए । दिउँसोको केन्द्रीय कमिटी बैठक छलेर डोटीको सामान्य कार्यक्रममा सहभागी भएर असार १२ गते आईतवार बिहान काठमाडौै आए अनि दिउँसो राजीनामा दिए ।

 

केन्द्रीय कमिटी बैठक समेत छलेका आले केन्द्रीय परिषद् भेलामा समेत नगएपछि पार्टीभित्र उनीप्रतिको आशंका भने बढेको समाजवादीका नेताहरुले बताउन थालेका छन् ।

कतिपयले आले चुनावको बेलासम्म एकीकृत समाजवादीमा नरहने बताउने गरेका पनि छन् । किसान श्रेष्ठ पनि चुनावसम्ममा एमाले प्रवेश गर्न सक्ने हल्ला पनि चलेको छ । एमाले प्रवेश गर्दा उनकाे निर्वाचन क्षेत्र समेत सुरक्षित हुने अवस्था छ ।

अहिले सांसद पद छोडेर उनीहरु एमालेमा नगएपनि अन्तिमसम्ममा समाजवादीमा भने नरहने चर्चा भइरहेको छ । यस्तो बेलामा नेकपा एकीकृत समाजवादीकाे  भेलामा अनुपस्थितिले आशंकालाई थप बल दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने