समाजवादीका निवर्तमान मन्त्री एमालेमै फर्किने तयारी !

 असार १४,काठमाडौं । एकीकृत समाजवादीको कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय परिषद भेला भइरहेको छ । हिजोबाट सुरु भएको भेलामा करिब १५ सय सहभागी रहेका छन् । मिनी महाधिवशेनको रुपमा पनि चर्चित यो भेलामा तीनजना नेताको खोजी खुबै गरियो । मन्त्री पद छोड्नुपर्ने भएपछि खुबै असन्तुष्ट देखिएका उनीहरु  हिजोको भेलामा गएनन ।

 

नेता विरोध खतिवडा, प्रेम आले र किसान श्रेष्ठले अघोषित रुपमा बहिस्कार गरेको भेलामा रामकुमारी झाँक्री भने सहभागी थिइन । यी जना नेताहरु पार्टी निर्णयप्रति असन्तुष्ट थिए त्यही कारण उनीहरु भेलामा नगएको चर्चा पनि भइरहेको छ  ।

आलेले शनिवारको केन्द्रीय कमिटी बैठक पनि बहिस्कार गरेका थिए । २०७९ असार १० गते शुक्रवारको पोलिटव्युरो बैठकमा ४८ घण्टाभित्र मन्त्री छोड्ने उद्घोष गरेका आले भोलिपल्ट बिहानै डोटीतिर लागेका थिए । दिउँसोको केन्द्रीय कमिटी बैठक छलेर डोटीको सामान्य कार्यक्रममा सहभागी भएर असार १२ गते आईतवार बिहान काठमाडौै आए अनि दिउँसो राजीनामा दिए ।

 

केन्द्रीय कमिटी बैठक समेत छलेका आले केन्द्रीय परिषद् भेलामा समेत नगएपछि पार्टीभित्र उनीप्रतिको आशंका भने बढेको समाजवादीका नेताहरुले बताउन थालेका छन् ।

कतिपयले आले चुनावको बेलासम्म एकीकृत समाजवादीमा नरहने बताउने गरेका पनि छन् । किसान श्रेष्ठ पनि चुनावसम्ममा एमाले प्रवेश गर्न सक्ने हल्ला पनि चलेको छ । एमाले प्रवेश गर्दा उनकाे निर्वाचन क्षेत्र समेत सुरक्षित हुने अवस्था छ ।

अहिले सांसद पद छोडेर उनीहरु एमालेमा नगएपनि अन्तिमसम्ममा समाजवादीमा भने नरहने चर्चा भइरहेको छ । यस्तो बेलामा नेकपा एकीकृत समाजवादीकाे  भेलामा अनुपस्थितिले आशंकालाई थप बल दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री वाग्लेको दिल्ली अभिव्यक्तिले नेपालमा बढायो कूटनीतिक विवाद

कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर

साइबर जोखिमले सरकारी वेबसाइट बन्द

२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

कार्यसमितिमा नभएकी व्यक्तिलाई कोषाध्यक्षको जिम्मेवारी, राखेपमा उजुरी

२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी