आज विराटनगरमा कांग्रेसको आमसभा

वैशाख २१, काठमाडौं: सत्तारूढ दल नेपाली कांग्रेसले आज मोरङको विराटनगरमा आमसभा गर्दै छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलक्षित सभा गर्न लागिएको हो ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा विराटनगर जाँदै छन् । देउवासहित रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मालगायत नेताहरूले सभालाई सम्बोधन गर्ने पार्टीले जनाएको छ ।

कांग्रेसले आसन्न निर्वाचनका लागि देशभरका विभिन्न १० स्थानमा चुनावी सभा गर्न लागेको हो । आज पहिलो दिन विराटनगर, वैशाख २२ गते दोस्रो दिन भरतपुर, वैशाख २३ गते तेस्रो दिन काठमाडौं, वैशाख २४ गते चौथो दिन रुपन्देही र सोही दिन दिउँसो तनहुँ, वैशाख २४ गते नै जनकपुर, वैशाख २५ गते पाँचौँ दिन पोखरा र दाङ, वैशाख २६ गते छैटौँ दिन धनगढी र वैशाख २७ गते डडेलधुरामा आमसभा गर्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व