१ करोड ७७ लाख ७५ हजार मतपत्र छापियो

काठमाडौं, बैशाख १६ः स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख ७५ हजार मतपत्र छाप्ने कार्य भएको छ । ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छाप्ने काम सम्पन्न भइसकेको आयोगले जनाएको छ । हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

देशभरबाट १ लाख ५३ हजार २ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । जसमा प्रमुखमा ३ हजार ५ सय १०, अध्यक्षमा ३ हजार ३ सय ८७, उपप्रमुखमा २ हजार १ सय ६८, उपाध्यक्षमा २ हजार ४ सय १, वडाअध्यक्ष ३५ हजार ३ सय ५३, महिला सदस्यमा २६ हजार ५ सय ३२, दलित महिला सदस्यमा २३ हजार ९ सय ३१ र सदस्यमा ५५ हजार ७ सय २० जनाको मनोनयन दर्ता भएको छ ।यसैबीच, आयोगले कानुनबमोजिम अहिलेसम्म कुनै पनि उम्मेदवार निर्विरोध निर्वाचित नभएको जनाएको छ । कसैले कुनै पदमा एक्लैले उम्मेदवारी दिएको भए पनि कानुनको कसीमा परीक्षण हुने चरणहरू बाँकी नै रहने भएकाले तत्काल निर्विरोध निर्वाचित भएको भन्न नमिल्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । 

उनले विभिन्न ठाउँमा रूपमा निर्विरोध भएको भनेर भनिए पनि आयोगले भने त्यसरी कसैलाई पनि निर्विरोध भनेर घोषणा गरेको अवस्था नरहेको पनि बताए । वैशाख ११ र १२ गते मनोनयन दर्ता भएपछि १३ गते दाबी विरोधको समय दिएको तथा १४ र १५ गते दाबी उपरमाथि छानबिन गरेर नामावली प्रकाशित गर्ने निर्वाचन कार्यतालिका रहेको छ । एक जना मात्रैको मनोनयन भए पनि सीधै हामीले निर्विरोध भन्न सक्दैनौं’, उनले भने– ‘कानुनको कसीमा उहाँ एक जना भए पनि कानुनको ढोकाबाट छिर्न सक्नुपर्छ । दाबी विरोधको प्रक्रियाबाट पनि सफल हुनुभयो भने निर्विरोध हुन सक्नुहुन्छ । आयोगले अहिलेसम्म त्यसरी भनेको छैन ।’

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयहरूमा तीन दिन भौतिक रूपमा पठनपाठन बन्द गर्न सरकारलाई अनुरोध गरेको छ । स्थानीय तह निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्यसञ्चालन गर्न मतदान स्थल तथा मतदान केन्द्र रहेको विद्यालयहरू वैशाख २८ देखि ३० गतेसम्म उपयोग गर्नुपर्ने भएकाले बन्द गर्न आयोगले आग्रह गरेको हो ।

आयोगले भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । यसै गरी आयोगले स्थानीय तह निर्वाचन हुने दिन ३० वैशाखमा सार्वजनिक बिदा दिन पनि सरकारसमक्ष आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा