प्रेम आलेले जग्गा दलाल’लाई पर्यटन बोर्डमा नियुक्त गरे !

 फाल्गुण ८काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेपछि त्यसको विरोधमा रहेको एमाले भित्रैको अर्को समुहले नेकपा एकीकृत समाजवादी दर्ता गरे ।

सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको ठहर गर्दै २८ घण्टाभित्र नयाँ प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दियो ।

परमादेशकै आधारमा निर्माण भएको यो सरकार मुलत केपी ओलीको असंवैधानिक कदमको कारण जन्मिएको सरकार हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ५ दलिय गठबन्धनले संचालन गरेको सरकारको पर्यटन मन्त्री हुन् प्रेम आले । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको कोटाबाट मन्त्री नियुक्त भएका आले पछिल्लो समय बतास समुहमाथि हमला गरेपछि चर्चाको शिखरमा छन् ।

 

 

 केहीदिन अघि एक युवालाई अश्लिल गालीगरेपछि उनको आलोचना समेत शुरु भएको छ । यसरी चर्चा र विवादमा रहेका आलेले पछिल्लो समय गरेको एउटा राजनीतिक नियुक्तीले भने समाजवादी पार्टी भित्र भने खैलाबैला भएको छ ।

पर्यटन बोर्डको सञ्चालक समिति सदस्यमा नियुक्ती हुन भन्दै आले आवद्ध दल एकीकृत समाजवादीमा रहेका विभिन्न पर्यटन व्यावसायीहरुको दौडधुप थियो । तर, आलेले आफ्ना दलका लागि खुन पसिना बगाउने कार्यकर्ता होइन होइन ‘प्रतिगमनकारी’ भनेर करार गरिएका नेकपा एमालेका कार्यकर्तालाई पर्यटन बोर्ड सदस्यमा नियुक्त गरेको खुलाशा भएको छ । पर्यटन बोर्डका उपाध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्र रिजालको सिफारिसमा आलेले पर्यटन बोर्ड सदस्यमा लोयल ट्राभल्सका मालिक मदन आचार्य र घरजग्गा दलाल लिला लामालाई नियुक्त गरेका छन् । आचार्यको विषयमा पर्यटन व्यावसायीले कुनै गुनासो गरेका छैनन् । तर, लामाको नियुक्ती भने शंकाको घेरामा परेको छ ।

केपी ओली नेतृत्वको एमालेमा सक्रिय रहेका लामा घर जग्गा दलाल हुन् । उनी डिएम रियलस्ट्रेट कम्पनिका मालिक समेत हुन् । लामालाई आर्थिक प्रभावमा परेर नियुक्ती दिएको आरोप छ । एकीकृत समाजवादी पार्टी निकट पर्यटन व्यावसायी कुमार थापाले सामाजिक सञ्जालमै नियुक्तीको विरोध गरेका छन् ।

‘नेकपा एकीकृत समाजवादी पार्टिको मन्त्री, एमालेको नियुक्ती– पर्यटनमा तमसा,’ उनले लेखेका छन् । थापा नेकपा एकीकृत समाजवादी पार्टी निकट पर्यटन व्यावसायी संगठन नेपालको अध्यक्ष समेत हुन् ।

बोर्ड सदस्यमा नियुक्त भएका लामा चितवनको सौराहमा सम्पन्न नेकपा एमालेको १० औँ राष्ट्रिय सम्मेलनमा समेत सहभागी थिए । उनले पर्यटन बोर्डकै उपाध्यक्ष एमाले निकट उद्योग व्यावसायी जिल्ला कमिटीको अध्यक्ष चन्द्र रिजाललाई केन्द्रीय सदस्यमा जिताउँ भन्दै प्रचार प्रसारमा लागेका थिए । उनले एमाले नेता गोकुल बास्कोटाको समेत चुनावी प्रचार प्रसार गरेका थिए ।

स्थायी समितिको बैठकमा कुरा उठाउँछु : जगन्नाथ खतिवडा

नेकपा एमालेका कार्यकर्तालाई पर्यटन बोर्डको सदस्य नियुक्त गरिएको विषयमा प्रतिक्रिया लिन नेकपा एकीकृत समाजवादीका नेता तथा प्रवक्ता जगन्नाथ खतिवडालाई सम्पर्क गर्दा उनले भोली (आइतबार) बस्ने स्थायी समिति बैठकमा कुरा उठाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी

असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार

सत्ता छोड्दैगर्दा एमाले-कांग्रेस लक्षित आक्रोशयूक्त प्रचण्ड भाषणको पुर्णपाठ

असार २८, काठमाण्डौ । माओवादी अध्यक्ष प्रचण्डले सत्ता छोड्दैगर्दा संसदको वैठकमा एमाले कांग्रेस लक्षित आक्रोशयूक्त

एआई प्रयोगको अवधारणापत्र तयार

असार २१,काठमाडौँ, । नेपालमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार पारिएको छ ।

विश्वकै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक, चार लाख शब्दको अर्थ समावेश

काठमाडौँ, स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्। यो विद्युतीय

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड