प्रेम आलेले जग्गा दलाल’लाई पर्यटन बोर्डमा नियुक्त गरे !

 फाल्गुण ८काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेपछि त्यसको विरोधमा रहेको एमाले भित्रैको अर्को समुहले नेकपा एकीकृत समाजवादी दर्ता गरे ।

सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको ठहर गर्दै २८ घण्टाभित्र नयाँ प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दियो ।

परमादेशकै आधारमा निर्माण भएको यो सरकार मुलत केपी ओलीको असंवैधानिक कदमको कारण जन्मिएको सरकार हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ५ दलिय गठबन्धनले संचालन गरेको सरकारको पर्यटन मन्त्री हुन् प्रेम आले । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको कोटाबाट मन्त्री नियुक्त भएका आले पछिल्लो समय बतास समुहमाथि हमला गरेपछि चर्चाको शिखरमा छन् ।

 

 

 केहीदिन अघि एक युवालाई अश्लिल गालीगरेपछि उनको आलोचना समेत शुरु भएको छ । यसरी चर्चा र विवादमा रहेका आलेले पछिल्लो समय गरेको एउटा राजनीतिक नियुक्तीले भने समाजवादी पार्टी भित्र भने खैलाबैला भएको छ ।

पर्यटन बोर्डको सञ्चालक समिति सदस्यमा नियुक्ती हुन भन्दै आले आवद्ध दल एकीकृत समाजवादीमा रहेका विभिन्न पर्यटन व्यावसायीहरुको दौडधुप थियो । तर, आलेले आफ्ना दलका लागि खुन पसिना बगाउने कार्यकर्ता होइन होइन ‘प्रतिगमनकारी’ भनेर करार गरिएका नेकपा एमालेका कार्यकर्तालाई पर्यटन बोर्ड सदस्यमा नियुक्त गरेको खुलाशा भएको छ । पर्यटन बोर्डका उपाध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्र रिजालको सिफारिसमा आलेले पर्यटन बोर्ड सदस्यमा लोयल ट्राभल्सका मालिक मदन आचार्य र घरजग्गा दलाल लिला लामालाई नियुक्त गरेका छन् । आचार्यको विषयमा पर्यटन व्यावसायीले कुनै गुनासो गरेका छैनन् । तर, लामाको नियुक्ती भने शंकाको घेरामा परेको छ ।

केपी ओली नेतृत्वको एमालेमा सक्रिय रहेका लामा घर जग्गा दलाल हुन् । उनी डिएम रियलस्ट्रेट कम्पनिका मालिक समेत हुन् । लामालाई आर्थिक प्रभावमा परेर नियुक्ती दिएको आरोप छ । एकीकृत समाजवादी पार्टी निकट पर्यटन व्यावसायी कुमार थापाले सामाजिक सञ्जालमै नियुक्तीको विरोध गरेका छन् ।

‘नेकपा एकीकृत समाजवादी पार्टिको मन्त्री, एमालेको नियुक्ती– पर्यटनमा तमसा,’ उनले लेखेका छन् । थापा नेकपा एकीकृत समाजवादी पार्टी निकट पर्यटन व्यावसायी संगठन नेपालको अध्यक्ष समेत हुन् ।

बोर्ड सदस्यमा नियुक्त भएका लामा चितवनको सौराहमा सम्पन्न नेकपा एमालेको १० औँ राष्ट्रिय सम्मेलनमा समेत सहभागी थिए । उनले पर्यटन बोर्डकै उपाध्यक्ष एमाले निकट उद्योग व्यावसायी जिल्ला कमिटीको अध्यक्ष चन्द्र रिजाललाई केन्द्रीय सदस्यमा जिताउँ भन्दै प्रचार प्रसारमा लागेका थिए । उनले एमाले नेता गोकुल बास्कोटाको समेत चुनावी प्रचार प्रसार गरेका थिए ।

स्थायी समितिको बैठकमा कुरा उठाउँछु : जगन्नाथ खतिवडा

नेकपा एमालेका कार्यकर्तालाई पर्यटन बोर्डको सदस्य नियुक्त गरिएको विषयमा प्रतिक्रिया लिन नेकपा एकीकृत समाजवादीका नेता तथा प्रवक्ता जगन्नाथ खतिवडालाई सम्पर्क गर्दा उनले भोली (आइतबार) बस्ने स्थायी समिति बैठकमा कुरा उठाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

वीरेन्द्रनगरको ‘शैक्षिक सुधार वर्ष’ घोषणा, एआईदेखि २ करोड छात्रवृत्ति कोषसम्मका महत्वाकांक्षी योजना

सुर्खेत,१६ असार । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ लाई ‘शैक्षिक सुधार

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा