प्राङ्क भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरे कारबाही हुने : गृह मन्त्राल

मन्त्रालयले आज एक सूचना जारी गरी यस्ता तस्विर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई  सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको हाे ।

सार्वजनिकस्थलमा ख्यालठट्टाका नाममा गोप्यरूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो प्राप्त भएकाे मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । यस्ताे कार्यले सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिने भन्दै यस्ताे गतिविधि नगर्न गृहमन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको छ ।

‘सार्वजनिकस्थलमा गरिएका भद्दा ख्यालठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा पर्नसक्ने नकारात्मक प्रभावका साथै व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा पर्नसक्ने असरलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना व्यक्तिको तस्बिर र भिडियो नखिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन नगर्न अनुराेध छ’ विज्ञप्तिमा भनिएकाे छ । 

पछिल्लो समय प्रांकका नाममा मानिसहरुलाई दुख दिने मात्र नभई गोपनीयता समेत उल्लंघन गर्ने कार्य मौलाइरहेको छ । कतिपयले प्रांक भन्दै अश्लिल भिडियोसमेत बनाएर युट्यूवमा पोष्ट गर्ने गरेका छन् । पहिलोपटक गृह मन्त्रालयले यस्तो गतिविधि रोक्न सार्वजनिक चेतावनी दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकारी वकिललाई प्रहरीले बुझायो ३२ जनालाई मुद्दा चलाउने रायसहितको   प्रतिवेदन

   जेष्ठ ८ ,काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण प्रतिवेदनको फाइल प्रहरीले सरकारी वकील कार्यालयलाई

सरकारको नीति तथा कार्यक्रममा के छ? (पूर्णपाठ)

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम    जेठ  ७,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी

सार्वजनिक सवारी साधनको भाडादर घट्यो (सूचीसहित)

  २०८० जेष्ठ ,काठमाडौं। यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी

माओवादी लडाकुलाई पैसा बाड्ने निर्णय विरुद्धको मुद्दा न्यायाधीश रेग्मीको इजलाशमा

   जेष्ठ २, काठमाडौं । माओवादी द्वन्द्वका अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णय विरुद्धको

 शरणार्थी प्रकरणमा राष्ट्रद्रोहको मुद्दा चलाउन माग गर्दै संकल्प प्रस्ताव दर्ता

जेठ  २ ,काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रद्रोहको मुद्दा चलाउन माग गर्दै संकल्प प्रस्ताव

 स्थानीय तहका जनप्रतिनिधिलाई एमालेले  प्रशिक्षण दिने

  २०८० बैशाख २९, काठमाडौं – नेकपा (एमाले)ले पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने