कोभिड–१९ को डेल्टा भेरियन्टलाई प्रतिस्थापन गर्न सक्रिय रहेको ओमिक्रोन भेरियन्टको संक्रमण उच्च पाइएको छ। विश्वव्यापी रूपमा डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरे जस्तै अवस्था नेपालमा पनि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बताए। डेल्टाभन्दा बढी संक्रामक रहेको ओमिक्रोनबाट संक्रमण हुनेको संख्या ह्वात्तै बढेको छ।

एसजिन पोजेटिभ भएका नमुनाहरूको परीक्षण गर्दा ओमिक्रोनको पुष्टि हुने क्रम बढ्दो रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो संक्रमणमा एसजिन पोजेटिभ भएका मध्ये ८८ प्रतिशत ओमिक्रोन पाइएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा जिन सिक्वेन्सिङका ३२ मध्ये २८ नमुनामा ओमिक्रोन संक्रमण देखिएको छ। बाँकी चारवटा नमुनामा डेल्टा भेरियन्ट पाइएको छ। डा. अधिकारीले भने, ‘विश्वव्यापी रूपमा डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरे जस्तै नेपालमा समेत सोही अवस्था देखिएको छ।’
यसअघि पहिलोपटक मंसिर २० गते ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन संक्रमण पुष्टि भएको थियो। त्यसपछि पुसको अन्तिम साता २४ जनामा देखियो। संकलित केही नमुनाको मात्र परीक्षण गर्दा ओमिक्रोन भेरियन्ट बढी सक्रिय पाइएको हो। हाल सक्रिय संक्रमितको संख्या ७० हजार ४० रहेको छ। संक्रमित मध्ये २१५ जना आईसीयूमा उपचाररत छन्। ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं
पौष ११,नेपालगञ्ज / बास नेपाल बर्दिया शाखाले आज बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ गरेको