‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”  


पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण पदबाट विस्थापित पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालमा भदौ २३ र २४ मा भएका घटनाहरू स्वतःस्फूर्त नभई योजनाबद्ध षड्यन्त्रको परिणाम भएको दाबी गरेका छन्।

भदौ घटनापछि पहिलोपटक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग अन्तर्वार्ता दिँदै ओलीले उक्त आन्दोलनमा बाह्य प्रभाव, संगठित रणनीति र निश्चित स्वार्थ समूहको संलग्नता रहेको बताएका छन्। उनका अनुसार बंगलादेश, श्रीलंका लगायत विभिन्न देशमा देखिएका आन्दोलनको ढाँचासँग मिल्दोजुल्दो स्वरूप नेपालमा पनि देखिएको हो।

रुसबाट प्रसारण हुने अन्तर्राष्ट्रिय टेलिभिजन च्यानल आरटी इन्टरनेसनलको आरटी इन्डिया संस्करणकी प्रमुख रुनझुन शर्मासँगको अन्तर्वार्तामा ओलीले जेनजी आन्दोलनभित्र लामो समयदेखिको योजनाबद्ध षड्यन्त्र प्रवेश गरेर कार्यान्वयन गरिएको दाबी गरे।

अन्तर्वार्तामा ओलीले भने, “यी प्रदर्शनहरू केवल युवाको आक्रोशको अभिव्यक्ति होइनन्। यसका पछाडि निश्चित शक्ति र स्वार्थ समूह सक्रिय छन्, जसले नेपाललाई अस्थिरतामा धकेल्न खोजिरहेका छन्।” सामाजिक सञ्जाललाई मुख्य हतियार बनाएर युवालाई भावनात्मक रूपमा उक्साइएको र आन्दोलनलाई मनोवैज्ञानिक युद्धको रूपमा प्रयोग गरिएको उनको भनाइ छ।

ओलीका अनुसार प्रदर्शनका क्रममा विद्यालयका पोशाकसहितका विद्यार्थीलाई बसमा ल्याएर मानवढाल बनाउन खोजिएको थियो। प्रारम्भिक प्रदर्शन सकिएपछि केही समूह संसद् भवन तोडफोड तथा आगजनीका उपकरणसहित प्रवेश गरेको र त्यसक्रममा सुरक्षाकर्मीले बल प्रयोग गर्दा मानवीय क्षति भएको उनले उल्लेख गरे।

कुनै विशेष विदेशी शक्तिको नाम नलिँदै ओलीले यस्ता घटनाहरू संसारका विभिन्न देशमा समान ढाँचामा देखिनु आफैंमा अर्थपूर्ण भएको बताए। पछिल्ला वर्षहरूमा विश्व व्यवस्था कमजोर बन्दै गएको, संयुक्त राष्ट्रसंघजस्ता साझा अन्तर्राष्ट्रिय संस्थाहरू हिंसा र हस्तक्षेप रोक्न असफल बन्दै गएकोप्रति आफू चिन्तित रहेको उनले स्पष्ट पारे।

“जेनजीका नाममा विभिन्न देशमा जे भइरहेको छ, त्यो स्वस्फूर्त होइन,” ओलीले भने, “यो युवाहरूले एक–अर्काको नक्कल गरेको आन्दोलन होइन, बरु एउटा ‘ब्लन्ट मुभमेन्ट’ हो। यसको वास्तविकता बुझ्न समय लाग्छ।”

चीनसँगको मित्रता पश्चिमी शक्तिलाई नपचेर नेपालमा विद्रोह गराइएको हो कि भन्ने अन्तर्राष्ट्रिय मिडियाको प्रश्नमा ओलीले आफू विश्व शान्ति र स्थिर विश्व व्यवस्थाको पक्षमा रहेको बताए। “देशको नेताको हैसियतले चीनसँग मित्रवत सम्बन्ध हुनु वास्तविकता हो। भारतसँग पनि मित्रवत सम्बन्ध छ, अन्य मित्र राष्ट्रसँग पनि छ,” उनले भने, “हाम्रो कोही शत्रु छैन, सबै हाम्रा मित्र हुन्।”

ओलीले विश्व व्यवस्था कमजोर बन्दै गएको अवस्थामा अन्तर्राष्ट्रिय समुदायले गम्भीर रूपमा आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको भन्दै वैश्विक अस्थिरताप्रति ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मित्रता : डिजिटल युगमा विश्वास, सहकार्य र मानवताको सेतु

मित्रता केवल व्यक्तिगत सम्बन्ध होइन, शान्ति, लोकतन्त्र, सामाजिक सद्भाव र दिगो विकासको आधार पनि हो।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

सुनसरी घटनाबारे सुरक्षा परिषद्को बैठक

काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

मितव्ययिताको नाममा कानुन र संविधानविपरीत कार्य गर्न नमिल्ने भन्दै बिज्ञापन सम्बन्धि सरकारको निर्णय सर्वोच्चद्वारा खारेजी

बुधबार, ६ साउन २०८३काठमाडौँ। सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका सञ्चारमाध्यम (गोरखापत्र, रेडियो