काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका छन्।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले भिडियो सन्देशमार्फत् राष्ट्रको पक्ष र विपक्षबीच स्पष्ट कित्ताकाट गर्ने समय आएको बताएका हुन्।
उनले मतदातालाई निर्माण र विध्वंसको बाटोमध्ये एक रोज्नुपर्ने अवस्था आएको उल्लेख गर्दै राष्ट्र जोगाउने पक्षमा उभिन आग्रह गरे। यतिबेला आफ्नो धारणा स्पष्ट पारेर बोल्न नसके इतिहासप्रति जवाफदेही हुनुपर्ने अवस्था आउने उनको भनाइ थियो।ओलीले निर्वाचित सरकारलाई अपदस्थ गराउन प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाउँदै देश जोगाउने कि नजोगाउने भन्ने प्रश्नको उत्तर दिनुपर्ने समय आएको बताए।
देशमा विभिन्न भ्रम फैलाइएको उल्लेख गर्दै उनले आफूविरुद्ध गुनासा र प्रश्न उठेको तथा केही कमजोरी रहेको स्वीकार गरे। तर राष्ट्रिय अखण्डता, स्वाभिमान र सार्वभौमिकताका विषयमा कहिल्यै सम्झौता नगरेको दाबी गरे।उनले संविधान, कानुन, भूमि, जनता तथा सार्वजनिक सम्पत्तिको संरक्षणलाई ‘देश पहिले’ भन्ने अवधारणासँग जोड्दै राज्यका संरचना र सार्वजनिक सम्पत्ति जोगाउन सबै एकजुट हुनुपर्ने बताए।राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै ओलीले आफ्नो माटो, सीमा र पहिचानप्रति गर्व गर्ने भावना नै आत्मबलको स्रोत भएको बताए।
सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय
चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई
चैत २७,काठमाडौँ। सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स
चैत २६, काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह
चैत २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी
चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको