November 5, 2021

पर्वत अस्पतालमा पत्रकारको उपचारमा ४० प्रतिशत छुट

पर्वत अस्पतालले पत्रकारको उपचारमा ४० प्रतिशत छुट दिने भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलका अनुसार नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले पत्रकारको उपचारमा सघाउनका लागि अनुरोध गरेपछि महासङ्घ र अस्पतालबीच सम्झौता गर्ने गरी प्रक्रिया अगाडि बढाइएको हो । यसका लागि गत भदौमा नै अस्पतालको पुरानो समितिले निर्णय गरेको थियो ।

“महासङ्घ र अस्पतालबीच यसबारेमा सहमति भइसकेको छ । प्रक्रिया अगाडि बढेर पनि सम्झौता भने भएको छैन । सम्झौता भएपछि यसलाई कार्यान्वयनमा लैजान्छौँ”, उनले भने, “के–के कुरामा छुट दिने भन्ने पनि निर्णय भएको छैन । अस्पताललाई पनि मार नपर्ने र पत्रकारलाई पनि राहत हुने गरी सम्भव भएका सेवामा छुट दिन सकिन्छ ।” 

औषधि महँगो हुने तथा कतिपय परीक्षणको शुल्क बढी लाग्ने भएकाले अस्पतालले खर्च धान्न नसक्ने अवस्था आउने हुँदा औषधिमा छुट दिन नसकिने बताउँदै डा. पौडेलले अहिलेसम्मको तयारीमा मुटुको जाँच, भिडियो एक्स रे, एक्स रे, रगत परीक्षण, दिसा तथा पिसाब परीक्षण, सामान्य जाँचलगायतमा छुट दिन सकिनेबारेमा छलफल भइरहेको बताए ।

थाइराइड, सुगरलगायतका परीक्षण महँगो हुँदा अस्पतालको बजेटले नै धान्न नसक्ने भएकाले ती परीक्षणमा भने छुट नहुने उनको भनाइ छ । अरूको लागि समाचार लेख्दै हिँड्ने पत्रकारसमेत आर्थिक समस्यामा रहने र अरूका लागि काम गर्नेलाई अस्पतालले पनि केही गर्न पाउनु खुसीको कुरा भएको डा पौडेलले बताए । 

अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोविन्द पहाडीले अघिल्लो सरकारले पत्रकारको उपचारमा ५० प्रतिशत छुट दिने गरी नीति तथा कार्यक्रममा घोषणा गरेको भए पनि त्यसबारे कुनै कार्यविधि नआएका कारण अस्पताल आफैँले खर्च बेहोर्ने गरी गत भदौमा यो निर्णय गरेको बताए । सङ्घीय तथा प्रदेश सरकारले यस सम्बन्धमा कार्यविधि नबनाएकाले अस्पतालको आन्तरिक आम्दानीबाट बेहोरेर उपचारमा सघाउने निर्णय भएको उनको भनाइ छ ।

“नेपाल पत्रकार महासङ्घको सदस्यता प्राप्त गरेका पर्वतका क्रियाशील पत्रकारका लागि यो सुविधा उपलब्ध गराउन लागिएको हो । तीनै तहका सरकारले यो काम नगरे पनि अस्पताल आफैँले भए पनि गरेमा राम्रो हुने ठानेर यो निर्णय गरिएको हो”, पहाडीले भने, “समाजलाई सत्यतथ्य सूचना दिएर सचेतना जागृत गर्ने तथा सूचना प्रदान गर्ने पत्रकारलाई प्रोत्साहन गर्नका लागि यो निर्णयले काम गर्छ ।”

महासङ्घ र अस्पतालबीच सम्झौता भएपछि कार्यान्वयनमा आउने यो कार्यक्रममा पर्वतमा क्रियाशील भई पत्रकार महासङ्घ पर्वतको सदस्य बनेका पत्रकार मात्र समावेश हुने अस्पताल प्रशासन बताउँछ । पत्रकारलाई दिएको छुट सुविधा लिनकै लागि बाह्य जिल्लाका महासङ्घ सदस्य पत्रकार आएमा अस्पतालले खर्च धान्न नसक्ने भएकाले पर्वत महासङ्घमा आबद्ध भएकाको लागि मात्र छुट सुविधा दिन लागिएको हो ।

पत्रकार महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापाले सङ्घीय सरकारले बजेटमा घोषणा गरे पनि कार्यान्वयनमा नल्याएको अवस्थामा पर्वत अस्पताल आफैँले भए पनि यो कार्यक्रम लागू गरोस् भन्ने हेतुले महासङ्घको तर्फबाट राखिएको प्रस्ताव अस्पतालले स्वीकार गर्नु खुसीको कुरा भएको बताए ।  

कोभिड–१९ को सङ्क्रमणका कारण उत्पन्न परिस्थितिले पत्रकार र सञ्चारगृहलाई ठूलो असर गरेको बेलामा यही छुटले पनि श्रमजीवी पत्रकारको उपचारमा धेरै राहत हुने उनको भनाइ छ । पत्रकार महासङ्घ पर्वत शाखामा सदस्य रहेका पत्रकारको सङ्ख्या ५४ रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकारद्वारा ६ दलको साझा घोषणापत्र समेटिएको ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ सार्वजनिक, ५ वर्षमा १५ लाख रोजगारी लक्ष्य(पुर्णपाठ )

बैशाख १, २०८३, काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले ६ वटा राजनीतिक दलका घोषणापत्र समेट्दै

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

सर्वोच्चको परमादेश : बेपत्ता परिवारको हकमा बाधक १५ कानुन संशोधन गर्न सरकारलाई निर्देशन

  चैत २४,काठमाडौं । सर्वोच्च अदालत ले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूका परिवारले हक–अधिकार उपभोग गर्न

गण्डकी प्रदेश सडक ऐन संशोधन विधेयक सर्वसम्मत पारित

पोखरा, १६ चैत २०८२ ।  गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय बनाउने सरकारको निर्णय, नागरिकता र राहदानी सेवा जुनसुकै जिल्लाबाट पाइने

 चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

चैत १३ काठमाडौँ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। रामचन्द्र पौडेलले उनलाई आज बिहान प्रधानमन्त्रीमा नियुक्त