लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

 

चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स छाप्ने काम हाल उल्लेखनीय रूपमा बढाइएको हो।

यसअघि दैनिक पाँचदेखि छ हजार प्रतिमात्र छापिँदै आएकोमा अहिले झन्डै ४० हजार प्रति लाइसेन्स छापिन थालेको सुरक्षण मुद्रण केन्द्र ले जनाएको छ। केन्द्रले दुई सिफ्टमा छपाइ सुरु गरेको छ—बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म र दिउँसो ३ बजेदेखि राति १ बजेसम्म।

केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गाना का अनुसार हाल दुई सिफ्टमा निरन्तर छपाइ भइरहेको छ। “दैनिक झन्डै ४० हजार प्रति लाइसेन्स छापिरहेका छौँ,” उनले बताए।

छपाइ कार्यमा आएको ढिलासुस्ती अन्त्य गर्न डा. विक्रम तिमिल्सिना को निर्देशनपछि प्रक्रिया तीव्र पारिएको हो। उनले अवरोध हटाउँदै नतिजामुखी शासकीय व्यवस्थापन लागू गर्न १० बुँदे कार्ययोजना अघि बढाएका थिए।

अब यातायात व्यवस्था विभाग बाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै लाइसेन्स छपाइ गरी हस्तान्तरण गर्ने व्यवस्था सुरु गरिएको छ। हाल छाप्न बाँकी करिब २९ लाख लाइसेन्स २०८३ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

निर्देशक ढुङ्गानाका अनुसार आवश्यक कच्चा सामग्रीमध्ये १२ लाख कार्ड आइसकेको छ भने थप १७ लाख कार्ड ल्याउन प्रक्रिया अघि बढाइएको छ। आगामी वैशाख १२ गतेसम्म १२ लाख लाइसेन्स छापिसक्ने लक्ष्य छ।

सेवाग्राहीलाई सहज जानकारी दिन विभागले दैनिक छापिएका तथा वितरणयोग्य लाइसेन्सको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न थालेको छ। छापिएका लाइसेन्स हुलाकमार्फत देशभरका यातायात कार्यालयमा पठाइने व्यवस्था गरिएको छ।

नेपालमा २०७२ सालदेखि स्मार्ट लाइसेन्स प्रणाली लागू भए पनि सुरुदेखि नै मागअनुसार छपाइ हुन नसक्दा ठूलो सङ्ख्यामा लाइसेन्स थन्किएका थिए। एक समय सेवाग्राहीले प्रिन्ट लाइसेन्सका लागि तीन वर्षसम्म कुर्नुपर्ने अवस्था रहेको थियो।

विगतमा वैकल्पिक रूपमा क्युआर कोडसहितको रसिद वा डिजिटल माध्यम प्रयोग गर्ने प्रयास गरिए पनि ती पूर्ण रूपमा कार्यान्वयन हुन सकेका थिएनन्। हाल छपाइ र वितरण प्रणाली दुवैलाई व्यवस्थित बनाउँदै सेवा प्रवाह छिटो र प्रभावकारी बनाउने प्रयास भइरहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र