बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ

 

पौष ११,नेपालगञ्ज / बास नेपाल बर्दिया शाखाले आज बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ गरेको छ ।
हुनेवाट नहुनेलाई उपहार, न्यानो बाँडौ मानवता जोगाऔं भन्ने मुल उद्धेश्यका साथ आज गुलरियाको राधाकृष्ण चौकमा एक कार्यक्रमका बिच उक्त कपडा बैंक शुभारुम्भ गरिएको हो।
चिसो मौसममा कोही पनि मानिस कपडा लगाउनबाट बञ्चित हुन नपरोश, साथै हामी सबैले सानो सानो सहयोगको साथ हातेमालो गरी अगाडी बढेपछि यो कठ्ङग्रीदो चिसो मौसममा बालबालिका देखि जेष्ठ नागरिकहरु सम्मालाई सहयोग पुग्ने उद्धेश्य बोकेर बास नेपाल बर्दिया शाखाका जुझारु युवाहरु मिलेर कपडा बैंक स्थापना गर्ने योजना अघि बढाए । हुनेले आर्थिक सहयोग तथा आर्थिक नहुनेहरु बाट कपडा संकलन गरेर आफ्नो अभियान लाई अगाडी बढाएका बास नेपाल बर्दिका शाखाका पदाधिकारीहरुले आज राधाकृष्ण चौकमा एक भब्य कार्यक्रमको  आयोजना गरी उक्त कपडा बैंकको शुभारम्भ गरिएको हो।
बास नेपालका केन्द्रीय उपाध्यक्ष खुमेश सुबेदीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त कार्यक्रममा बास नेपालका केन्द्रीय सचिव जोशिना थारु, केन्द्रीय सदस्य ईश्वर बिक, कायकारी निर्देशक नमस्कार शाह, पुर्ब केन्द्रीय सदस्य नैन सुनार, जन सम्पर्क अधिकृत माधव कार्की,प्रशासन सहायक मिना घर्तिमगरको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि खुमेश सुबेदीले रिबन काटेर कपडा बैंकको शुभारम्भ गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि सुबेदी बाट कपडा लिन आएका ब्यक्तिहरुलाई कपडा प्रदान गरिएको थियो । सो कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले आफ्नो मन्तब्य राख्दै यस महान कार्यको थालनि गरेकोमा शाखाका सम्पुर्ण पदाधिकारीहरुलाई धन्यवाद दिए । बिभिन्न पेशा ब्यवसायमा ब्यस्त हुँदा हुँदै पनि टिमको यो अग्रसरता सधैभरी रहिरहोश भन्दै कपडा बैकको स्थापना मात्र नभई यसलाई ब्यवस्थापन गर्न चुनौती रहेकोले त्यसतर्फ ध्यान दिन अनुरोध गरेका थिए ।
गुलरिया नगरपालिकाको कार्यपालिका सदस्य नैन सुनारले शाखाले गरेका यी र यस्ता कार्यमा हामी सबैको समन्वय र सहकार्यको खाँचो हुने कुरा बताए ।संकलन गरिएका कपडाहरु कपडा लिन आएका ब्यक्तिहरुलाई सोही अवसरमा बितरण गरिएको थियो । बास नेपाल बर्दिया शाखाका अध्यक्ष राम सुनाम को अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तब्य बास बर्दिया शाखाका कोषाध्यक्ष राम भण्डारीले राखेका थिए । कार्यक्रम सञ्चालन बास नेपाल बर्दिया शाखाका सदस्य लक्ष्मण भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानन्यायाधीश र न्यायाधीशबारे छानबिन गर्न माग

काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

साइबर जोखिमले सरकारी वेबसाइट बन्द

२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट

बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव: बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा

कार्यसमितिमा नभएकी व्यक्तिलाई कोषाध्यक्षको जिम्मेवारी, राखेपमा उजुरी

२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक