काठमाडौं, माघ ०७। सरकारी सेवामा प्रवेश गरेको २ दशकमै २२ वटा घर र ८७ स्थानमा जग्गा किन्न सफल एक उपसचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिमा मुद्दा दायर गरेको छ ।
२०५५ साल वैशाख २७ गतेदेखि शाखा अधिकृतबाट सेवा प्रवेश गरेका दार्चुला शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर स्थायी घर भएका उपसचिव हेमराज विष्टले काठमाडौंमा मात्रै २२ वटा घर खरिद गरेका छन् ।
सुदुरपश्चिम प्रदेश वन निर्देशनालय धनगढीमा निमित्त वन निर्देशक पदमा रहेका विष्टले सरकारी सेवा प्रवेश गरेको २२ वर्षमा गरेको आर्थिक प्रगतिबारे अध्ययन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई २ वर्षभन्दा बढी लागेको थियो ।
उनले विभिन्न बैंकमा १९ वटा खाता खोलेर लेनदेन गरेको समेत पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार विष्टले काठ तथा वन्यजन्तु तस्करीमा जोडिएका मानिससँग सेटिङ मिलाउने र कमिशन लिने गतिविधि गर्दै आएका थिए । उपभोक्ता समितिका सदस्य तथा पदाधिकारीको फर्जी हस्ताक्षर गरेर रकम भुक्तानी लिने लगायत तस्करीमा समेत उनको समलग्नता रहेको थियो ।
गत पुस २१ गते सार्वजनिक विज्ञप्ति अनुसार अख्तियारले उनलाई ६ करोड ८७ लाख ५७ हजार विगो र स्रोत नखुलेको जग्गा जमिन राज्यको नाममा जफत गर्न भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार स्रोतका अनुसार उनले जोडेको जग्गा जमिनको अहिलेको बजार भाउमा एक अर्बभन्दा बढी जान्छ ।
ब्राम्हण परिवारमा जन्मिएका विष्टको बुवा दयानन्द विष्ट गाउँमै खेतिकिसानी र पुरोहितको काम गर्छन् । उनले अधिकांश सम्पत्ति आफ्नी श्रीमति रुबी जिसीको नाममा लुकाएको पाइएको छ ।
असार ९,चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा
अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
वैशाख १८, काठमाडौँ। सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा