January 20, 2022

कोरोना संक्रमण : जटिल अवस्थामा भर्ना हुनेको संख्या न्यून

नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण दर बढे पनि अस्पतालमा भर्ना हुनेको दर भने निकै कम रहेको जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 

बुधबार २३ हजार ४ सय ९ जनाको पीसीआर परीक्षण गर्दा ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । कोरोना संक्रमणको दर एक सातादेखि धेरै संख्यामा बढिरहेको अधिकारीले बताए ।

संक्रमण दर बढे पनि जटिल अबस्थामा बिरामी भएर अस्पताल भर्ना हुने दर भने कम रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

पछिल्लो साताको तुलनामा हाल १४.०२ प्रशिततले कोरोना संक्रमण दर बढेको डा. अधिकारीले बताए । मन्त्रालयका अनुसार देशभर आईसीयूमा १ सय ६९ जना उपचाररत छन् भने भेन्टिलेटरमा २८ जना कोरोना संक्रमित उपचाररत छन् ।

दोस्रो लहरमा कोरोना संक्रमणको दर बढेसँगै जटिल खालका बिरामी थपिनेको संख्या बढेका थिए । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएसँगै नेपालमा देखिएको कोरोना संक्रमित गम्भीर खालको समस्यामा देखिएका छैनन् । हाल ५० हजार सक्रिय संक्रमित देखिँदा अस्पतालको सघन उपचार कक्षमा भर्ना हुनेको संख्या १ सय ७९ जना मात्रै रहेको डा. अधिकारीले जानकारी दिए ।

हाल यो भेरिएन्ट छिटो फैलने र छिटो निको हुने क्रममा रहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोनाको लक्षण देखिना साथ पीसीआर परीक्षण नगर्न भनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा ईडीसीडीका निर्देशक डा। कृष्णप्रसाद पौडेलले कोरोनाका लक्षण देखिनासाथ पाँच दिन क्वारेन्टाइन बसाइँपश्चात् मात्र कोभिड परीक्षण गर्नुपर्ने बताए ।

ओमिक्रोन भेरिएन्ट अलि बढी संक्रामक छ । खोप लगाएका व्यक्तिमा पनि संक्रमण गराउन सक्छ । पाँच दिन क्वारेन्टाइन, नभए सात दिनसम्म आइसोलेसनमा बस्नुपर्छ, निर्देशक डा. पौडेलले भने, ‘यो भेरियन्टमा ज्वरो आउनु, नाक बन्द हुनु, रुघाखोकी लाग्नु, घाँटी दुख्नु कोभिडका लक्षण हुन सक्छन्, उनले भने, ‘पहिलाको तुलनामा अस्पतालमा भर्ना हुने दर कम देखिएको छ ।’ उनले हावा खेल्ने ठाउँमा बस्दा कोरोना संक्रमण फैलन नसक्ने भएकाले खुला ठाउँमा बस्न सुझाव दिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित