गृह र अर्थ मन्त्रालयबीच द्वन्द्व

काठमाडौँ, ५ माघ । नेपाल प्रहरीमा थप गर्न लागिएका तीन अतिरिक्त महानिरीक्षक (एआइजी) दरबन्दीमा गृह मन्त्रालय र अर्थ मन्त्रालयबीच द्वन्द्व देखिएको छ । दरबन्दी थपसम्बन्धी प्रस्ताव अर्थको स्वीकृति बेगर मन्त्रिपरिषद्मा पुगेको थियो । अर्थको स्वीकृति आवश्यक रहेको भन्दै प्रस्ताव गृहमा फर्काइएको छ ।

अर्थ मन्त्रालयले बजेट अभाव देखाएर दरबन्दी थप्न आनाकानी गरेपछि गृह मन्त्रालयले सीधै मन्त्रिपरिषद्मा पठाएको थियो । मन्त्रिपरिषद्ले अर्थको स्वीकृति ल्याउनू भनेपछि प्रस्ताव गृहमा फिर्ता गरिएको र अर्थबाट एकै दिनमा स्वीकृति आउने दाबी गरिएको छ । ‘फाइल आजभोलि नै अर्थमा जान्छ । केही दिनमा दरबन्दी थप हुन्छ ।

प्रधानमन्त्रीले थप्ने भनेपछि अरूले रोक्ने कुर भएन,’ गृहका एक अधिकारीले भने । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा तीन एआईजी थप्न संगठन व्यवस्थापन तथा सर्वेक्षण गरी केही समयअघि पठाएको थियो । आजको नागरिक दैनिकमा समाचार छ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सामाजिक मर्यादा ध्वस्त बनाउने घृणाको राजनीति नियन्त्रण गर्छौं : प्रधानमन्त्री

फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र

‘पत्रकारिताको माध्यमबाट निराशा हटाउनुपर्छ’

 फागुन ९,ललितपुर । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।

पोखरा महानगरको ‘भ्रष्टाचार’ : सवा अर्बको लगानी, बालुवामा पानी !

काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं, माघ २८ गते । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।

प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

काठमाडौँ,  माघ १७ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष  सोनाम ल्होसारका