विकर्णकुमारलाई विश्व कीर्तिमानको प्रमाणपत्र प्रदान

काठमाडौ, माघ ५ गते । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ले विश्व कीर्तिमानी युवा विकर्णकुमार श्रेष्ठलाई ‘विश्व कीर्तिमान’को प्रमाणपत्र प्रदान गर्नुभएको छ । मन्त्री गहतराजले विश्वमै पहिलो पटक ९० मिनेटसम्म पानीमाथि पद्माशन गरेर नेपाली युवा श्रेष्ठले विश्व कीर्तिमान राख्न सफल हुनुभएकोमा उक्त प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।

कोलास्टिक फाउन्डेसनद्वारा धुलिखेलमा सन् २०२१ को अगस्ट २ मा आयोजित कार्यक्रममा श्रेष्ठले ९० मिनेटसम्म पानीमाथि पद्मासनमा बसेर शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सो अवसरमा मन्त्री गहतराजले श्रेष्ठको कामले अन्य युवा पनि प्रेरित हुने भन्दै आगामी दिनमा पनि
प्रेरणादायी काम गर्न शुभकामना दिनुभयो । कोलास्टिक फाउन्डेसनका अध्यक्ष प्रज्वल भण्डारीका अनुसार श्रेष्ठले कायम गर्नुभएको यो रेकर्ड विश्वमा नै पहिलो हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा