January 18, 2022

नेपालको नदीमा छाडिएका गोही धमाधम भारतमा पुग्दै

नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि (वि.सं. २०४६) भारतको पटनामा भेटियो । वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भन्ने हल्ला फैलाइयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यसरी नै रेडियो कलर जडान गरेका गोही २०७५ जेठ ४ गते भारतकै पश्चिम बङ्गालको हुग्ली नदीमा र साउन ५ गते महानन्दी नदीमा भेटिएको थियो । गोहीको यो यात्रा अचम्मको थियो । लामो समय घडियाल प्रजनन केन्द्रको प्रमुख भएर हालै सेवानिवृत्त घडियालविज्ञ वेदबहादुर खड्का गोहीहरू एक हजार दुई सय किलोमिटरसम्म बगेर जाने गरेको अनुभव सुनाउँछन् । “प्रजनन केन्द्रले छाडेका ६१ दिनमा हुग्लीमा पहिलो र १२० दिनमा महानन्दीमा दोस्रो घडियाल भेटिएका थिए”, उनले भने । ती दुवै गोही कसरास्थित प्रजनन केन्द्रमा हुर्काएर २०७४ चैत ४ गते राप्ती नदीमा छाडिएका थिए ।

यी घटनाले नेपालको प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा छाडिएका गोही धमाधम भारत पुगिरहेको देखाउँछ । विज्ञहरूको अनुमानमा नेपालले छाडेका ७५ प्रतिशत गोही अहिले भारतका नदीमा छन् । यो सबैभन्दा बढी गङ्गा र त्यससँग जोडिएका अन्य शाखा नदीमै भएको अनुमान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रास्वपाको नयाँ पदाधिकारी टुंगो

२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं

बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ

  पौष ११,नेपालगञ्ज / बास नेपाल बर्दिया शाखाले आज बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ गरेको