दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पताल भर्ना हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । महाबौद्धस्थित वीर अस्पतालमा गत २४ घण्टामा ३२ जना सङ्क्रमित भर्ना भएका छन् । अघिल्लो दिनसम्म वीर अस्पतालको कोभिड वार्डमा ४० जना सङ्क्रमित भर्ना भएकोमा शनिबार बिहानसम्म त्यो सङ्ख्या बढेर ६५ पुगिसकेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

युनिफाइड कोभिड अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी अधिकारी डा. भूूपेन्द्र बस्तेतले वीर अस्पतालमा भर्ना हुने कोभिड सङ्क्रमितको सङ्ख्या दैनिक बढिरहेको बताए । अस्पतालका स्वास्थ्यकर्मीलाई समेत कोभिड देखिन थालेपछि बिरामीको उपचारमा समेत समस्या परेको जानकारी दिँदै उनले २४ घण्टाको अन्तरालमै ३२ जना सङ्क्रमित भर्ना हुनुलाई सकारात्मक लिन नमिल्ने बताए ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि कोभिडका बिरामी बढ्न थालेका छन् । अस्पतालकी निर्देशक डा. मनिषा रावलले केही दिनयता अस्पतालमा कोभिडका बिरामी बढ्न थालेको जानकारी दिइन् । बिरामी बढ्न थालेपछि कोभिड र ननकोभिडका बिरामीको उपचार कसरी गर्ने भनेर आकस्मिक छलफल भएको जानकारी दिँदै उनले केही हप्ता कोभिडका बिरामी बढ्न सक्ने बताइन् ।
करिब एक साताअघि आउने सङ्क्रमितमा अस्पताल भर्ना गराउनुपर्ने बिरामी नभएको जानकारी दिँदै उनले पछिल्लो समय कोभिडका बिरामी बढ्न थालेको बताइन् । अस्पतालको आकस्मिक कक्षमा हाल दैनिक १५÷२० जना सङ्क्रमित आउने गरेको जानकारी दिँदै उनले तीमध्ये सरदर पाँच जना भर्ना गर्नुपर्ने अवस्थाका बिरामी आउने गरेको बताइन् ।
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण
२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं
पौष ११,नेपालगञ्ज / बास नेपाल बर्दिया शाखाले आज बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ गरेको