January 13, 2022

उपत्यकामा ४८ वटा पार्क बन्दै

काठमाडौँ उपत्यका विकास प्राधिकरणले चालू आर्थिक वर्षमा उपत्यकामा ४८ वटा पार्क निर्माण गर्ने भएको छ । एक करोड रुपियाँको लागतमा १५ वटा र एक करोड रुपियाँभन्दा कमको लागतमा ३३ वटा पार्क निर्माण गर्न लागिएको हो । प्राधिकरणको योजना महाशाखा प्रमुख सौरभ ढकालले काठमाडौँ जिल्लामा एक करोड रुपियाँको लागतमा सातवटा, ललितपुर र भक्तपुर जिल्लामा चार/चारवटा पार्क निर्माण गर्न लागिएको जानकारी दिँदै पार्क निर्माणका लागि कम्पनी छनोटको कार्य एक महिनाभित्र सम्पन्न हुने बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

५० लाख रुपियाँभन्दा कमको लागतमा काठमाडौँमा १९ वटा, ललितपुरमा छवटा र भक्तपुरमा आठवटा पार्क निर्माण गरिनेछ । प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकालले पार्क निर्माणका लागि प्राधिकरणले चालू आर्थिक वर्षमा काठमाडौँमा ११ करोड ९६ लाख रुपियाँ, ललितपुरमा छ करोड तीन लाख रुपियाँ र भक्तपुरमा पाँच करोड ७० लाख रुपियाँ विनियोजन गरेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रास्वपाको नयाँ पदाधिकारी टुंगो

२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं

बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ

  पौष ११,नेपालगञ्ज / बास नेपाल बर्दिया शाखाले आज बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ गरेको