दोस्रो पटक गुड्यो रेल, अब रेल चाँडै सञ्चालन हुने

हस्तान्तरण गरेको दोस्रो वर्षमा प्रवेश गर्दा नेपालका ध्वजावाहक रेल दोस्रो पटक गुडे । नेपालको जयनगरबाट भारतको कुर्थासम्मको  ३४  किलोमिटर  दूरी  रेलले  तय  गरेका हुन् । २०७७  असोज  २  गते  भित्रिएका  दुई  रेल  कात्तिक  ५  गते  भारतीय  रेल्वे  कम्पनी  कर्पोरेसन  (कोँकण)ले  नेपाल  रेल्वे  कम्पनीलाई  हस्तान्तरण  गरेको थियो । ८४ करोड ६५ लाख रूपियाँमा रेल किनिएका हुन् । तर, ती रेल डेढ वर्षदेखि धनुषाको इनरुवा रेल्वे स्टेसनमा त्रिपाल ओढाएर थन्काइएका थिए  ।

ती रेल ल्याइएपछि  शनिबार  दोस्रो  पटक परीक्षण गरिएको हो । यसबीचमा  रेल  चलाउने  मिति  पटक–पटक  सर्दै  आएको छ  । पछिल्लो पटक गत मङ्सिरमा  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु  यादवले अध्यादेशबाट  कानुन  बनिसकेको  र  अब  चाँडै  रेल  सञ्चालन  हुने  प्रतिबद्धता  जनाएकी थिइन् ।

उनीसहित रेल सञ्चालनसम्बन्धी प्रतिबद्धता जनाउने मन्त्री तीन पुग्दा पनि रेल सञ्चालन भएको छैन । तर, आजको लिक परीक्षणले अब रेल कुद्ने आशा जागेको छ । आजको परीक्षणका क्रममा गत मङ्गलबार भारतीय रेलका प्राविधिक टोलीसहितले रेलमार्ग  परीक्षण  गरेका  थिए  ।

टोलीले  भारतका  तर्फबाट  सम्पूर्ण  तयारी  भएको  जानकारीसमेत  गराएको थियो । रेल  नचल्दाको  घाटा  पूर्वाधारमा  पनि  परेको  छ । रेलमार्गका क्लिप चोरी हुँदा पनि नेपाललाई निकै नोक्सानी भएको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा