दोस्रो पटक गुड्यो रेल, अब रेल चाँडै सञ्चालन हुने

हस्तान्तरण गरेको दोस्रो वर्षमा प्रवेश गर्दा नेपालका ध्वजावाहक रेल दोस्रो पटक गुडे । नेपालको जयनगरबाट भारतको कुर्थासम्मको  ३४  किलोमिटर  दूरी  रेलले  तय  गरेका हुन् । २०७७  असोज  २  गते  भित्रिएका  दुई  रेल  कात्तिक  ५  गते  भारतीय  रेल्वे  कम्पनी  कर्पोरेसन  (कोँकण)ले  नेपाल  रेल्वे  कम्पनीलाई  हस्तान्तरण  गरेको थियो । ८४ करोड ६५ लाख रूपियाँमा रेल किनिएका हुन् । तर, ती रेल डेढ वर्षदेखि धनुषाको इनरुवा रेल्वे स्टेसनमा त्रिपाल ओढाएर थन्काइएका थिए  ।

ती रेल ल्याइएपछि  शनिबार  दोस्रो  पटक परीक्षण गरिएको हो । यसबीचमा  रेल  चलाउने  मिति  पटक–पटक  सर्दै  आएको छ  । पछिल्लो पटक गत मङ्सिरमा  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु  यादवले अध्यादेशबाट  कानुन  बनिसकेको  र  अब  चाँडै  रेल  सञ्चालन  हुने  प्रतिबद्धता  जनाएकी थिइन् ।

उनीसहित रेल सञ्चालनसम्बन्धी प्रतिबद्धता जनाउने मन्त्री तीन पुग्दा पनि रेल सञ्चालन भएको छैन । तर, आजको लिक परीक्षणले अब रेल कुद्ने आशा जागेको छ । आजको परीक्षणका क्रममा गत मङ्गलबार भारतीय रेलका प्राविधिक टोलीसहितले रेलमार्ग  परीक्षण  गरेका  थिए  ।

टोलीले  भारतका  तर्फबाट  सम्पूर्ण  तयारी  भएको  जानकारीसमेत  गराएको थियो । रेल  नचल्दाको  घाटा  पूर्वाधारमा  पनि  परेको  छ । रेलमार्गका क्लिप चोरी हुँदा पनि नेपाललाई निकै नोक्सानी भएको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको