सुईमार्फत् वयस्क बनाएर देहव्यापार

काठमाडौँ, पुस २२ गते । नेपालमा हराएका बालिकालाई भारत पु-याएर देहव्यापारमा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको यौनाङ्ग र अन्य अङ्ग विकास गराई वयस्क देखाउन सुई लगाउने गरेको अनुसन्धानबाट खुलेको छ ।
विभिन्न प्रलोभनमा पारेर तथा झुक्याएर बेहोस बनाई भारतका कोठीमा बेचिएका अधिकांश बालिकालाई सुईमार्फत अङ्गहरूको विकास गराइएका अधिकांश बालिका पछि दीर्घ रोगी भई मृत्यु हुने गरेको छ । कोठीबाट उद्धार गरिएका बालिका तथा महिलाको शरीर आकर्षक देखाउन कोठी सञ्चालकले विभिन्न औषधि तथा सुई लगाउने गरेको उजुरीका क्रममा बताउने गरेका छन् ।

२०७४ साउनमा काठमाडौँको कपनबाट हराएका ११ र १३ वर्षका दुई बालिका दिदीबहिनीलाई भारत पु-याइएको थियो । चार वर्षअघि हराएका ११ वर्षकी टिना तामाङ र १३ वर्षकी रिना तामाङ (नाम परिवर्तन)लाई सुईबाट वयस्क बनाई देहव्यापारमा लगाइएको खुलेको हो । नेपाल प्रहरी अस्पतालका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले ग्रोथ हर्मोन र एस्ट्रोजोन हर्मोनले महिलाको शारीरिक विकास छिटो हुने बताउनुभयो । उहाँले यस्ता हर्मोनयुक्त सुई वा औषधिको गलत प्रयोग बेचबिखनमा पर्ने महिला र बालिकामा हुने गरेको पाइएको बताउनुभयो ।

कक्षा चार र पाँचमा पढ्दै गरेका उनीहरूलाई एक महिलाले खानामा बेहोस हुने औषधि राखेर कलकत्ता पु-याएकी थिइन् । उद्धारपछि नेपाल ल्याइएकी टिनाले प्रहरीसँगको बयानमा बेहोस अवस्थामै कलकत्ता पु-याएको बताउनुभयो । बेहोसमा सँगै भारत पु¥याइएकी टिनाकी १३ वर्षकी दिदी रिनाको अवस्था भने अहिले पनि अज्ञात छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले बालिका दिदीबहिनीलाई कलकत्ता पु-याएर बेच्ने मुख्य अभियुक्त नुवाकोट दुप्चेश्वर–५ की २६ वर्षीया अनिशा तामाङ ‘फूलमाया’लाई काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको छ । उद्धार गरेर ल्याइएकी टिनाले अनिसा ‘फूलमाया’ले आफूहरूलाई कपनको आकासेधारास्थित एक होटलमा लगेर चाउमिन खुवाएको प्रहरीलाई बताउनुभयो । खाजा खाएपछि आफू बेहोस भएको र होस खुल्दा भारतको कोठीमा पु-याइएको टिनाले बताएको प्रहरीले जनाएको छ ।
कोठी सञ्चालकले आफूलाई तीन लाख र दिदीलाई दुई लाख भारतीय रुपियाँमा किनेको बताएको र चार वर्ष जबर्जस्ती यौन व्यापारमा लगाएको उजुरी टिनाले प्रहरीमा दिनुभएको छ । आफ्ना यौनाङ्ग विकास गरी वयस्क देखाउन पटक पटक सुई लगाइदिएको उजुरीमा बताइएको छ ।

आर्थिक अवस्था कमजोर भएका टिना र रिनाको परिवार जीविकोपार्जनका लागि मकवानपुरबाट काठमाडौँ आएको थियो । सानैमा बुवा गुमाएका उहाँहरूको पाँच जनाको परिवारको संरक्षण आमाले गर्दै आउनुभएको थियो । घरखर्च चलाउन मुस्किल भएपछि टिनाका दाजु दैनिक मजदुरी गर्नुहुन्थ्यो । फूलमायाका पूर्वपति पनि टिनाका दाजुसँगै मजदुरी गर्नुहुन्थ्यो । सोही क्रममा फूलमायासँग उनीहरूको सम्पर्क भएको थियो ।

फूलमायाले दिदीबहिनीलाई पोखरामा लगेर डान्सबारमा काम लगाइदिने प्रलोभन देखाइन् । त्यो पत्याएर उनीहरू फूलमायासँग नजिक हुनथाले । यसैको फाइदा उठाएर फूलमायाले उनीहरूलाई होटलमा खाजा खान बोलाइ खाजासँगै कोकाकोलामा बेहोस पार्ने औषधि मिसाएर दिइएको थियो । बेहोस दिदीबहिनीलाई विभिन्न नाका हुँदै भारत पु-याइए र बेचिए ।

ब्युरोकी निर्देशक वरिष्ठ प्रहरी उपरीक्षक दुर्गा सिंहले बालिका दिदीबहिनीलाई मुम्बई, इलाहावाद, कलकत्ता तथा कुचविहारका कोठीमा पु¥याइ पुनः पटक पटक बेचिएको जानकारी दिनुभयो । २०७४ साउनमा भारत पु-याइएका दिदीबहिनीमध्ये बहिनी टिना खाजा किन्न पठाएको बेला कोठीबाट भाग्न सफल हुनुभएको हो । भारतीय प्रहरी, नयाँ दिल्लीस्थित नेपाली दूतावास तथा नेपालस्थित विश्व सेवा विस्तार संस्थाको सहयोगमा टिनालाई गत असोज २३ गते नेपाल ल्याइएको हो । उहाँ परिवारको संरक्षणमा हुनुहुन्छ । ब्युरोले बेचबिखनमा संलग्न फूलमायाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि