बिजुली जाने समस्या क्षणिक

काठमाडौँ, पुस १७ गते । पुसे झरीका कारण देशभर चिसो बढेको अवस्थामा काठमाडौँलगायत केही स्थानमा बारम्बार विद्युत् आउने र जाने समस्या क्षणिक भएको नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले स्पष्ट पार्नुभएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरेर उहाँले अहिले देखिएको समस्या क्षणिक भएको र त्यसलाई सुधार्न काम सुरु भइसकेको जानकारी गराउनुभएको हो ।

मङ्गलबारदेखि कतिपय स्थानमा हिमपात र वर्षा हुन थालेपछि चिसो बढेको अवस्थामा विद्युत् आपूर्तिसमेत नियमित हुन नसकेको र कतिपय स्थानमा दुई दिनसम्म बत्ती नआएको उपभोक्ताको गुनासो बढेको थियो । प्रमुख कार्यकारी अधिकृत घिसिङले पुसे झरी लाग्दा चिसो बढेपछि काठमाडौँमा एकाएक विद्युत्को माग बढेका कारण अनामनगर, डिल्लीबजार, इमाडोल, बानेश्वर, रत्नपार्क, महाराजगञ्ज क्षेत्रका ट्रान्सफर्मरले लोड धान्न नसकेका कारण विद्युत्को नियमित आपूर्तिमा समस्या देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “करिब ५० देखि ६० वटा ट्रान्सफर्मर ड्रप भएको हो । निरन्तर पानी परेकाले तत्काल फेर्न केही कठिनाइ भएकाले ती क्षेत्रका उपभोक्तालाई असजिलो परेको हो । आजसम्ममा ती ट्रान्सफर्मर फेरिसक्ने गरी काम भइरहेको छ । ”
उहाँले तीन हजार ८०० ट्रान्सफर्मरमध्ये ५०÷६० वटामा समस्यामा देखिनु त्यति ठूलो समस्या नभएको पनि बताउनुभयो । उहाँले आगामी दिनमा काठमाडौँ उपत्यकामा विद्युतीय सामग्रीको उपयोग बढ्दै जाँदा विद्युत्कोे माग पनि बढ्ने आकलन गरेर उपत्यका वरपर १० वटा सबस्टेसन बन्ने क्रममा रहेको र त्यसबाट १३२ केभी प्रसारण लाइनको विद्युत् आपूर्ति गर्न सकिने जानकारी पनि दिनुभयो । उहाँले प्राधिकरणले विद्युत् लोडको अवस्था के कस्तो हुनेछ भन्ने अध्ययन गरिरहेको दाबी गर्नुभयो ।
प्रमुख कार्यकारी घिसिङले जाडोमा पहाडी क्षेत्रमा माग बढेजस्तै गर्मी लागेपछि तराईमा विद्युत्को माग बढी हुने भएकाले त्यसअघि नै सबस्टेसन तयार गर्ने योजनाअनुरूप काम भइरहेको पनि बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत घिसिङले कतै जग्गाको समस्या, कतै वनको समस्या, कतै बजेटको समस्या, काम सकिनै लागेको परियोजनामा अदालतको स्टे अर्डरलगायत दर्जनौँ समस्याका बाबजुद पनि चार महिनामा निकै उपलब्धि भएको दाबी गर्नुभयो । उहाँले चार महिनामा उद्योगका लागि ४०० मेगावाट विद्युत् स्वीकृत गरिसकेको, ६० प्रतिशतबाट ९० प्रतिशतभन्दा बढी विद्युतीकरण भइसकेको पनि दाबी गर्नुभयो । सम्पूर्ण देशलाई विद्युतीकरण गर्न र स्तरीय सेवा प्रदान गर्न सरोकारवाला सबै निकायको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत