पर्यटकले १६ पुससम्म भिसा नवीकरण गर्न पाउने

काठमाडाैं, असाेज १५ः सरकारले विदेशी नागरिक पर्यटक भिसामा नेपालमा बसोबास गर्न पाउने समय थप गरेको छ । नेपालमा रहेका पर्यटकले भिसा नवीकरण गरी आगामी पुस १६ अर्थात् सन् ३१ डिसेम्बर २०२१ सम्म बस्न पाउने भएका छन् ।

सरकारले यो व्यवस्था यसअघि असोज १४ अर्थात् ३० सेप्टेम्बर २०२१ सम्म कायम गरेको थियो । बुधबार नेपाल सरकार गृह मन्त्रीस्तरीय निर्णय संशोधन गर्दै सरकारले नेपालमा बसाइ अवधि थप गरेको हो । कोभिड–१९ को असरबाट अन्तर्राष्ट्रिय उडानहरु पूर्ण रुपमा सञ्चालनमा आइनसकेका कारण हवाई टिकट उपलब्धतामा कठिनाइ रहेको भन्दै यो निर्णय भएको हो । सरकारले गत वैशाख १६ देखि गरेको निषेधाज्ञाका कारण उडान तथा भ्रमणमा प्रतिबन्ध हुँदा पर्यटकहरु तोकिएको गन्तव्यमा पुग्न नसकेको अवस्था थियो ।

अध्यागमन विभागले सूचना जारी गर्दै भनेको छ, “टिकटको उपलब्धतामा सहजीकरण नभएको भन्दै आफ्नो देश फर्कन नसकेका र भिसा वर्षको प्रारम्भमा नेपालको वैध भिसा भएका विदेशी पर्यटकहरुका लागि अध्यागमन विभागको नियमानुसार शुल्क तिरी भिसा नवीकरण गरी नेपालमा बस्न पाउने अवधि ३१ डिसेम्बर सन् २०२१ सम्म कायम गरिएको छ ।”

नेपालमा रहेका पर्यटकहरुले अध्यागमन कानुनलाई पालना गरी नियमानुसार भिसा शुल्क तिरेर आगामी डिसेम्बर ३१ सम्म बस्न पाउने निर्णय गरेको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए । उनले भने, “परारष्ट्र मन्त्रालयको अनुरोध र पर्यटकलाई सहज गर्न तथा कोभिड–१९ कारण समस्यामा परेका पर्यटकको सहजिकरणको लागि यो सूविधा प्रदान गरिएको हो ।”

सरकारले यसअघि पनि नेपालमा रहेका विदेशी नागरिक (पर्यटक भिसामा रहेका) नवीकरण, विलम्ब र जरिवाना छुट दिएर स्वदेश फिर्ता हुन सहजीकरण गर्दै आएको छ । अध्यागमन ऐन २०४९ अनुसार विदशी नागरिकले पर्यटक भिसामा १ सय ५० दिनसम्म बस्न पाउनेछन् भने समय थप गर्दै पुनः सोही समयसम्म साथै ९० दिन, ३० दिन, १५ दिन थप गर्न पाउने कानुनी व्यवस्था रहेको छ । गत आर्थिक वर्षमा विभागबाट १७ हजार ८ सय ८५ जनालाई पर्यटन भिसा प्रदान गरेको थियो भने सो अवधिमा ६८ हजार १ सय ८१ विदेशी नागरिक नेपाल भित्रिएको विभागले जनाएको छ ।

अध्यागमन विभागले पर्यटक र गैरपर्यटक गरि ९ प्रकारको भिसा प्रदान गर्दै आएको छ । विभागका अनुसार भिसा नवीकरणका लागि प्रत्येक दिनको ३ डलर लाग्छ भने विलम्ब शुल्क त्यसमा ५ डलर थप हुन्छ । त्यसैगरी जरिवाना शुल्क ५० हजार रुपैयाँसम्म विभागका महानिर्देशकले जरिवाना गर्न सक्ने कानूनी व्यवस्था छ । विभागबाट असार १४ यता महिनामा १० हजार ८ सय ४३ ले क्यूआर कोडसहितको प्रिन्टेड भिसा जारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन