इन्टरनेट प्रयोगकर्ता जनसंख्या बराबर

काठमाडाैं, असाेज ५ः नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या तीन करोड नाघेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनअनुसार असार मसान्तसम्म एक करोड फोरजी प्रयोगकर्ता, एक करोड २८ लाख थ्रिजी प्रयोगकर्तासहित कुल इन्टरनेट सेवा लिने ग्राहकको संख्या तीन करोड नाघेको हो ।

कुल जनसंख्याको १०२.४० प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्याङ्कमा उल्लेख छ । प्राधिकरणले केन्द्रीय तथ्याङ्क विभागले गरेको जनसंख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कुल जनसंख्या तीन करोड दुई लाख २९ हजार ९६६ लाई आधार बनाएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले प्रक्षेपण गरेको जनसंख्याका आधारमा हेर्दा शतप्रतिशत नेपालीमा इन्टरनेट सेवा पुगेको देखिए पनि प्राधिकरणले सार्वजनिक गर्ने तथ्याङ्क भने सेवाग्राहीका आधारमा हो । प्रतिवेदनको तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको छ । गत असार मसान्तसम्म मोबाइल इन्टरनेटको हिस्सा ७६.०३ प्रतिशत छ । एक करोड २८ लाख बढीको पहुँचमा थ्रिजी इन्टरनेट र एक करोड धेरैमा फोरजी सेवा पुगेको छ । फोरजी सेवामा सबैभन्दा धेरै ग्राहक एनसेलका ५० लाख ४२ हजार छन् भने नेपाल टेलिकमका ४७ लाख ४४ हजार छन् । त्यसैगरी फोरजी सेवा दिएको अर्काे कम्पनी स्मार्ट टेलिकमका भने एक लाख ६६ हजार मात्रै छन् । समग्रमा इन्टरनेट सेवा विस्तारमा टेलिकम अगाडि छ । टेलिकमले एडीएसएल, एफटीटीएच, वाईफाई, वाइम्याक्स, थ्रिजी, फोरजी ईभिडिओ गरी एक करोड ६७ लाखमा ग्राहक छन् । त्यसैगरी एनसेलले ७५ लाख, इन्टरनेट सेवा प्रदायकका ६५ लाख ५२ हजार ग्राहक छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले कोभिडपछि इन्टरनेट प्रयोगकर्ताको संख्यामा वृद्धि भएको बताए । स्कुल, कलेजदेखि कार्यालयका कामहरू भर्चुअल माध्यमबाट गरिने हुँदा फिक्स्ड तथा मोबाइल इन्टरनेट दुवैमा वृद्धि भएको उनको भनाइ थियो । मासिक तीनदेखि पाँच लाखसम्म ग्राहक कोभिडपछि थपिएका छन् । इन्टनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुली पनि कोभिडकै कारण इन्टरनेट प्रयोगकर्ता बढेको बताउँछन् । एकातर्फ मोबाइलमा थ्रिजी तथा फोरजी सेवाको प्रयोगमा बढावा त छँदैछ भने अर्काेतर्फ सार्वजनिक स्थलमा वाईफाई प्रयोगलाई नियामक निकायले जोड दिएको छ । सगरमाथा आधार शिविर, अन्नपूर्ण सक्रिट, लुम्बिनी परिसर, जानकी मन्दिर परिसर, पाथिभरा, स्वर्गद्वारी, बराहक्षेत्र, मुक्तिनाथ, जोमसोमलगायतका स्थानमा वाईफाई पु¥याउने काम भएको छ ।

प्राधिकरणका अनुसार सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच पुर्याउन एक हजार सामुदायिक विद्यायलमा आवश्यक पूर्वाधार पुगिसकेको छ । यसले विद्यालय तहबाट हुने डिजिटल ग्याप कम गर्न सहज भएको प्राधिकरणले जनाएको छ । त्यसैगरी प्राधिकरणले सेवा प्रदायकलाई फ्रिक्वेन्सी प्रदान गर्दा फोरजी सेवालाई कभरेज र गुणस्तरका शर्त राखी २०२२ सम्ममा देशभर सेवा विस्तार गर्ने गरी काम अगाडि बढाएको छ ।

प्राधिकरणले फोरजी सेवा विस्तारसँंगै फाइभजी सेवा परीक्षण गर्ने तयारी गरेको छ । यसका लागि नेपाल टेलिकमले फ्रिक्वेन्सी माग गर्दै प्राधिकरणमा पत्राचारसमेत गरिसकेको छ । फाइभजी डेटा फोकस्ड सेवा भएकाले आगामी दिनमा इन्टरनेट प्रयोगकर्ता अझै बढ्ने गुणस्तरीय सेवा पाउने विश्वास गर्न सकिन्छ । त्यसैगरी प्राधिकरणले पनि फाइभजी फ्रिक्वेन्सी खुला गर्नका लागि रेडियो फ्रिक्वेन्सी सेवा समितिमा सिफारिस गरिसकेको छ । फाइभजी सेवा सञ्चालन गर्ने सम्बन्धमा फ्रिक्वेन्सी नीति निर्धारण समितिमा पटकपटक छलफल भइसकेको पनि छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि