इन्टरनेट प्रयोगकर्ता जनसंख्या बराबर

काठमाडाैं, असाेज ५ः नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या तीन करोड नाघेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनअनुसार असार मसान्तसम्म एक करोड फोरजी प्रयोगकर्ता, एक करोड २८ लाख थ्रिजी प्रयोगकर्तासहित कुल इन्टरनेट सेवा लिने ग्राहकको संख्या तीन करोड नाघेको हो ।

कुल जनसंख्याको १०२.४० प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्याङ्कमा उल्लेख छ । प्राधिकरणले केन्द्रीय तथ्याङ्क विभागले गरेको जनसंख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कुल जनसंख्या तीन करोड दुई लाख २९ हजार ९६६ लाई आधार बनाएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले प्रक्षेपण गरेको जनसंख्याका आधारमा हेर्दा शतप्रतिशत नेपालीमा इन्टरनेट सेवा पुगेको देखिए पनि प्राधिकरणले सार्वजनिक गर्ने तथ्याङ्क भने सेवाग्राहीका आधारमा हो । प्रतिवेदनको तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको छ । गत असार मसान्तसम्म मोबाइल इन्टरनेटको हिस्सा ७६.०३ प्रतिशत छ । एक करोड २८ लाख बढीको पहुँचमा थ्रिजी इन्टरनेट र एक करोड धेरैमा फोरजी सेवा पुगेको छ । फोरजी सेवामा सबैभन्दा धेरै ग्राहक एनसेलका ५० लाख ४२ हजार छन् भने नेपाल टेलिकमका ४७ लाख ४४ हजार छन् । त्यसैगरी फोरजी सेवा दिएको अर्काे कम्पनी स्मार्ट टेलिकमका भने एक लाख ६६ हजार मात्रै छन् । समग्रमा इन्टरनेट सेवा विस्तारमा टेलिकम अगाडि छ । टेलिकमले एडीएसएल, एफटीटीएच, वाईफाई, वाइम्याक्स, थ्रिजी, फोरजी ईभिडिओ गरी एक करोड ६७ लाखमा ग्राहक छन् । त्यसैगरी एनसेलले ७५ लाख, इन्टरनेट सेवा प्रदायकका ६५ लाख ५२ हजार ग्राहक छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले कोभिडपछि इन्टरनेट प्रयोगकर्ताको संख्यामा वृद्धि भएको बताए । स्कुल, कलेजदेखि कार्यालयका कामहरू भर्चुअल माध्यमबाट गरिने हुँदा फिक्स्ड तथा मोबाइल इन्टरनेट दुवैमा वृद्धि भएको उनको भनाइ थियो । मासिक तीनदेखि पाँच लाखसम्म ग्राहक कोभिडपछि थपिएका छन् । इन्टनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुली पनि कोभिडकै कारण इन्टरनेट प्रयोगकर्ता बढेको बताउँछन् । एकातर्फ मोबाइलमा थ्रिजी तथा फोरजी सेवाको प्रयोगमा बढावा त छँदैछ भने अर्काेतर्फ सार्वजनिक स्थलमा वाईफाई प्रयोगलाई नियामक निकायले जोड दिएको छ । सगरमाथा आधार शिविर, अन्नपूर्ण सक्रिट, लुम्बिनी परिसर, जानकी मन्दिर परिसर, पाथिभरा, स्वर्गद्वारी, बराहक्षेत्र, मुक्तिनाथ, जोमसोमलगायतका स्थानमा वाईफाई पु¥याउने काम भएको छ ।

प्राधिकरणका अनुसार सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच पुर्याउन एक हजार सामुदायिक विद्यायलमा आवश्यक पूर्वाधार पुगिसकेको छ । यसले विद्यालय तहबाट हुने डिजिटल ग्याप कम गर्न सहज भएको प्राधिकरणले जनाएको छ । त्यसैगरी प्राधिकरणले सेवा प्रदायकलाई फ्रिक्वेन्सी प्रदान गर्दा फोरजी सेवालाई कभरेज र गुणस्तरका शर्त राखी २०२२ सम्ममा देशभर सेवा विस्तार गर्ने गरी काम अगाडि बढाएको छ ।

प्राधिकरणले फोरजी सेवा विस्तारसँंगै फाइभजी सेवा परीक्षण गर्ने तयारी गरेको छ । यसका लागि नेपाल टेलिकमले फ्रिक्वेन्सी माग गर्दै प्राधिकरणमा पत्राचारसमेत गरिसकेको छ । फाइभजी डेटा फोकस्ड सेवा भएकाले आगामी दिनमा इन्टरनेट प्रयोगकर्ता अझै बढ्ने गुणस्तरीय सेवा पाउने विश्वास गर्न सकिन्छ । त्यसैगरी प्राधिकरणले पनि फाइभजी फ्रिक्वेन्सी खुला गर्नका लागि रेडियो फ्रिक्वेन्सी सेवा समितिमा सिफारिस गरिसकेको छ । फाइभजी सेवा सञ्चालन गर्ने सम्बन्धमा फ्रिक्वेन्सी नीति निर्धारण समितिमा पटकपटक छलफल भइसकेको पनि छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब