प्रतिनिधिसभा बैठक बस्दै,२३ कार्यसूची तय

काठमाडौ, भदौ २७ गते । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभााको नवौं अधिवेशनअन्तर्गत चौथो बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
सङ्घीय संसद् सचिवालयले आजको बैठकमा  सम्भावित २३ कार्यसूची तय गरेको छ ।
शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो ।
आज बस्ने प्रतिनिधिसभाको बैठक पनि एमालेले अवरोध कायमै राख्ने तयारी गरेको छ । शनिबार बसेको एमाले स्थायी समिति बैठकले प्रतिनिधिसभाको बैठक अवरोध कायमै राख्ने तर सांसदलाई मर्यादित भएर विरोध गर्न निर्देशन दिइसकेको छ । यसबारे थप जानकारी दिन एमाले संसदीय दलको बैठक आजै अपराह्न १२ बजे बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि