रौतहटमा एसपी शाहले तस्करीको रुट नै चलाएको खुलाशा !

रौतहट,भदौ १३ । पत्रकारको मोटरसाइकलमा लागु औषध राखेर फसाएको अभियोगमा छानबीनमा तानिएका रौतहटका एसपी सिद्धि विक्रम शाहले रौतहटमा तस्करीको रुट नै चलाएको पाइएको छ ।

रौतहटको गौर नगरपालिका–१, २ मा रहेको गौर भंसार कार्यालय आसपासका क्षेत्रमा पोकामा माल सामान तस्करीका लागि एसपी शाहले सेटिङमा घुमुवा परिचालन गरेर रकम उठाउँदै आएको पाइएको छ । रौतहटको गौरस्थित भन्सार कार्यालयका प्रमुखको मिलेमतोमा गौर भंसार नजिकैबाट तस्करी हुने गरेको स्रोतले बतायो ।

केही महिना अघि मात्रै रौतहट आएका उनले यो नाकाबाटै मासिक लाखौँ रुपैयाँ असुली गरेको स्थानियबासीको आरोप छ । ‘एसपी साहबले यो रुटमा तस्करी गर्नेलाई पैसा लिँदै छाड्न घुमुवा नै परिचालन गर्नुभएको थियो । पत्रकारलाई फसाउन लागु औषध मोटरसाइकलमा राख्ने घुमुवा प्रहरीहरु नै परिचालीत थिए । त्यसमा केही पत्रकारको समेत भाग आउँथ्यो,’ सिमा नाकाबाट विशेष स्रोतले भन्यो ।

एसपी श्रेष्ठले गौरकै १ पत्रकारलाई मोटर साइकलमा लागु औषध राखेर फसाउन आफै निर्देशन दिएको खुलाशा भएको थियो । उनीहरुबीचको अडियो संवाद समेत बाहिर आएपछि उनीमाथि कारबाही अघि बढेको छ । उनलाई हटाएर उनको स्थानमा नयाँ एसपी पठाउने तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ । यद्धपी प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीसँग शाहको निकट सम्बन्ध भएका कारण उनीमाथि कारबाही हुने विषयमा भने गौरका पीडित पत्रकार विश्वस गर्दैनन् ।

प्रहरी प्रधान कार्यालयले एक जना एसएसपीको नेतृत्वमा छानबीन समिति बनाएको छ ।

हाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा तानिएका शाह राजनीतिक रुपमा पहुँचमा भएका कारण उनीमाथि कारबाही हुनेमा आशंमा पैदा भएको छ । उनलाई जोगाउन उच्च राजनीतिक नेतृत्वबाट दबाव आइसकेको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि