चेला मुख्यमन्त्री बन्दा पूर्वसभामुख महरा खुशी

साउन २९, काठमाडौं । आफूले पढाएको विद्यार्थीले प्रगति गरेको देख्दा जोकोही गुरुलाई खुशी लाग्नु स्वभाविकै हुन्छ । यस्तै अनुभूति पूर्वसभामुख कृष्णबहादुर महरालाई पनि भएको छ ।

आफूले पढाएको विद्यार्थी कुलप्रसाद केसी “सोनाम” हाल लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्नुभएकोमा असाध्यै खुशी बन्नुभएको छ, पूर्वसभामुख कृष्णबहादुर महरा ।

गाउँकै विद्यालयमा अध्ययन गरेपछि केसी बालकल्याण नमूना माध्यमिक विद्यालयमा भर्ना हुनुभयो । त्यहीं पढाउनुहुन्थ्यो, कृष्णबहादुर महरा । “आफैले पढाएको विद्यार्थी मुख्यमन्त्री बन्दा निकै खुशी लागेको छ । उहाँलाई बधाई र सफल कार्यकालको शुभकामना छ”, महराले भन्नुभएको छ ।

मुख्यमन्त्री केसीले महेन्द्र बहुमुखी क्याम्पसबाट आइएसम्मको अध्ययन गर्नुभयो । रोल्पा र दाङमा प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएका केसीले साविकको गाविस तुक्ला लगायतको विद्यालयमा अध्यापन गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने