August 13, 2021

ज्यानलाई जोखिममा राखेर कानुनको कुरा गर्नु राम्रो होइन : नेता भट्टराई

काठमाडौं साउन २९ : तनहुँको थर्पूमा कार्यकर्ता भेटघाट गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कोरोना संक्रमणका कारण कैयौं कार्यकर्ताले ज्यान गुमाइरहेकाले पार्टीले उनीहरुको ज्यानको रक्षा गर्न तर्फ लाग्ने बताएका छन् ।

नेपाली कांग्रेसका कार्यकर्ता भेटघाट गर्ने क्रममा उनले अहिलेको अवस्था जटिल भएको भन्दै कानून मात्र हेरेर कार्यकर्ताको ज्यानलाई जोखिममा पार्न नहुने बताए । कोरोनाको कारण हामी दुई वर्षदेखि लकडाउनमा छौं यस्तो अवस्थाको परिकल्पना संविधान बनाउँदा गरिएको थिएन त्यसकारण कार्यकर्ताको ज्यानको मतलबै नगरेर कानुन मात्र हेर्नु सान्दर्भिक नहुने नेता भट्टराईले बताएका छन् ।

पहिलो प्राथमिकता कार्यकर्ताको ज्यानको सुरक्षा, लोकतन्त्र र अहिलेको जोखिमलाई हेरेर आवश्यक निर्णय लिइने र छ महिनासम्म विशेष अवस्थाको परिकल्पना भए पनि त्यसपछिको अवस्थाबारे व्यवस्था नभएकाले पार्टीको केन्द्रीय समिति बैठकले यसबारे आवश्यक निर्णय लिने कार्यकर्ता भेटघाट गर्ने क्रममा नेता भट्टराईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा