August 13, 2021

ज्यानलाई जोखिममा राखेर कानुनको कुरा गर्नु राम्रो होइन : नेता भट्टराई

काठमाडौं साउन २९ : तनहुँको थर्पूमा कार्यकर्ता भेटघाट गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कोरोना संक्रमणका कारण कैयौं कार्यकर्ताले ज्यान गुमाइरहेकाले पार्टीले उनीहरुको ज्यानको रक्षा गर्न तर्फ लाग्ने बताएका छन् ।

नेपाली कांग्रेसका कार्यकर्ता भेटघाट गर्ने क्रममा उनले अहिलेको अवस्था जटिल भएको भन्दै कानून मात्र हेरेर कार्यकर्ताको ज्यानलाई जोखिममा पार्न नहुने बताए । कोरोनाको कारण हामी दुई वर्षदेखि लकडाउनमा छौं यस्तो अवस्थाको परिकल्पना संविधान बनाउँदा गरिएको थिएन त्यसकारण कार्यकर्ताको ज्यानको मतलबै नगरेर कानुन मात्र हेर्नु सान्दर्भिक नहुने नेता भट्टराईले बताएका छन् ।

पहिलो प्राथमिकता कार्यकर्ताको ज्यानको सुरक्षा, लोकतन्त्र र अहिलेको जोखिमलाई हेरेर आवश्यक निर्णय लिइने र छ महिनासम्म विशेष अवस्थाको परिकल्पना भए पनि त्यसपछिको अवस्थाबारे व्यवस्था नभएकाले पार्टीको केन्द्रीय समिति बैठकले यसबारे आवश्यक निर्णय लिने कार्यकर्ता भेटघाट गर्ने क्रममा नेता भट्टराईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न

गण्डकी प्रदेश सडक ऐन संशोधन विधेयक सर्वसम्मत पारित

पोखरा, १६ चैत २०८२ ।  गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न

पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो

काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त