July 31, 2021

नेपालसँगको विवाद आज वारपार

काठमाडौं,साउन १६, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले वरिष्ठ   नेता   माधवकुमार   नेपालसँगको विवादलाई  अब  लामो  समय  नतन्काउने बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित  कार्यक्रममा  उनले  केही  दिनभित्रै यसबारे अन्तिम टुंगो लाग्ने बताए ।

नेकपा  (एमाले)मा  अध्यक्ष  केपी  शर्मा ओली र वरिष्ठ नेता नेपाल समूहबीच चलेको विवादले पार्टी एकीकृत नै रहने कि विभाजित भएर जाने भन्ने बहस सिर्जना गरिरहेको छध्र कार्यक्रममा  महासचिव  पोखरेलले  शनिबार बस्ने  बैठकबाट  यसबारे  टुंगो  लगाउने बताए ।

‘अब  धेरै  प्रतीक्षा  गर्नु  उचित हुँदैन  भन्ने  मेरो  बुझाइ  छ,”  महासचिव पोखरेलले दुई समूहबीचको एकता प्रसंगबारे स्पष्ट  पार्दै  भने,  भोलि  बस्ने  ‚’थायी कमिटीको बैठकबाट वारपार हुन्छ।” उनले   एक   छुट्टै   प्रसंगमा   नेता नेपाललाई  पार्टीको  दोस्रो  अध्यक्ष  बनाउने प्रस्ताव  पनि  स्वीकार्य  नहुने  बताएका थिए ।

एमालेको  विधानले  त्यस्तो  व्यवस्था नगरेको उल्लेख गर्दै उनले सञ्चार माध्यमबाट आएको यस्ता प्रस्ताव विधानसम्मत नभएको पनि बताए । उनले   यसअघि   विवाद   समाधानका लागि  बनेको  कार्यदलबाट  पारित  १०  बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने  पनि  बताए ।

 हामी  २०७५ साल  जेठ  २  गतेअघि  जाने  कुरा  गरिरहेका छौँ,”   उनले   भने, त्यसरी   जाँदा विद्यमान  विधान र नियमावलीमा  के  छ  ? त्यसमा  व्यवस्था  भएका  कुराहरुलाई  नै पालना गर्नुपर्छ ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा