पूर्व शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ विरुद्ध जाहेरी दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं,साउन १, २०७८ । पूर्व शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठमाथि अनुसन्धान गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।जातिय विभेद गर्ने घरबेटी सरस्वति प्रधानलाई हिरासतमै सरकारी गाडी लिएर छुटाउन गई अनुसन्धान नै प्रभावित पारेको र जातिय छुवाछुत तथा कसुरको घटनामा समलग्न भएको भन्दै श्रेष्ठ विरुद्ध रुपा सुनारले जाहेरी दिएकी थिइन् ।

तर, प्रहरीले जाहेरी दर्ता गर्न अस्विकार गरेको थियो ।

 

बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले पूर्वमन्त्री श्रेष्ठविरुद्ध रुपा सुनारले दिएको जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न गराउन आदेश दिएको हो ।

सञ्चारकर्मी सुनारले राजधानीको बबरमहलमा कोठा खोज्ने क्रममा जातिय विभेद भोग्नु परेको थियो । घरबेटी सरस्वति प्रधान विरुद्ध जाहेरी दिएपछि प्रधान पक्राउ परेकी थिइन् । तर, पक्राउ परेकी उनीमाथि हिरासतमै राखेर अनुसन्धान चलिरहेको बेला शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले हिरासतबाटै गाडीमा हालेर घर पुर्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा