मेलम्चीको बाढीले धनबहादुरलाई सुकुम्बासी बनायो

काठमाडौं,असार २६, बेंसीमा सडक विस्तारसँगै गाउँको जग्गा बेचबिखन गरी १८ वर्षअघि हेलम्बु–२ ढोडेनीबाट किउलको गणेशे बगर झरेका थिए, धनबहादुर तामाङ। तर, मेलम्ची खोलामा असार १ गते आएको बाढीले घर र साढे चार रोपनी खेत बगाएपछि धनबहादुर सुकुम्बासी भएका छन्। यससँगै छोराछोरीलाई राम्ररी पढाउने सपनासमेत बाढीले बगाएको छ। उनीहरू यति बेला छिमेकीसँगै टेन्ट हालेर बसेका छन्। 

उनका छिमेकी कामी तामाङको घरसँगै गरिखाने १५ रोपनी खेत पनि बाढीले बगायो। ‘अहिले तत्काल त दाताले दिएको राहतबाट पेट पालिएला’, कामी भन्छन्, ‘दाताले दिन छाडेपछि जहान बच्चा लिएर कहाँ जाने ?’ आफू बाँचे पनि गरिखाने ठाउँ नभएपछि रातभर निदाउन नसक्ने उनी बताउँछन्। 

लरीमाया तामाङ चनौटे बजारमा भूकम्पपछि बनेको पक्की घर बगाएपछि अन्य छिमेकीसँगै टेन्टमा बसिरहेकी छन्। एक महिनाअघि बितेकी बुहारीको घेवा गर्न नपाएको उनको दुखेसो छ। असार पहिलो साता बुहारीको घेवा गर्ने योजना बनाएकामा १ गते नै बाढी आएपछि उनी घरबारविहीन अवस्थामा पुगेकी हुन्। 

जीवनभर कमाएको धन सम्पत्ति बाढीले लगेपछि उनका श्रीमान साङ्बो लामाको मन थिरमा छैन। उनीहरूले यसै वर्ष मात्र घर निर्माण सकेर बस्न थालेका थिए साङ्बो दिनभर मन बहलाउन गाउँ डुल्ने गरेको लरीमाया बताउँछिन्। ‘घरमा भएको केही निकाल्न पाइएन’, लरीमाया भन्छिन्, ‘अब बाँकी जीवन कसरी बिताउने हो ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।