मेलम्चीको बाढीले धनबहादुरलाई सुकुम्बासी बनायो

काठमाडौं,असार २६, बेंसीमा सडक विस्तारसँगै गाउँको जग्गा बेचबिखन गरी १८ वर्षअघि हेलम्बु–२ ढोडेनीबाट किउलको गणेशे बगर झरेका थिए, धनबहादुर तामाङ। तर, मेलम्ची खोलामा असार १ गते आएको बाढीले घर र साढे चार रोपनी खेत बगाएपछि धनबहादुर सुकुम्बासी भएका छन्। यससँगै छोराछोरीलाई राम्ररी पढाउने सपनासमेत बाढीले बगाएको छ। उनीहरू यति बेला छिमेकीसँगै टेन्ट हालेर बसेका छन्। 

उनका छिमेकी कामी तामाङको घरसँगै गरिखाने १५ रोपनी खेत पनि बाढीले बगायो। ‘अहिले तत्काल त दाताले दिएको राहतबाट पेट पालिएला’, कामी भन्छन्, ‘दाताले दिन छाडेपछि जहान बच्चा लिएर कहाँ जाने ?’ आफू बाँचे पनि गरिखाने ठाउँ नभएपछि रातभर निदाउन नसक्ने उनी बताउँछन्। 

लरीमाया तामाङ चनौटे बजारमा भूकम्पपछि बनेको पक्की घर बगाएपछि अन्य छिमेकीसँगै टेन्टमा बसिरहेकी छन्। एक महिनाअघि बितेकी बुहारीको घेवा गर्न नपाएको उनको दुखेसो छ। असार पहिलो साता बुहारीको घेवा गर्ने योजना बनाएकामा १ गते नै बाढी आएपछि उनी घरबारविहीन अवस्थामा पुगेकी हुन्। 

जीवनभर कमाएको धन सम्पत्ति बाढीले लगेपछि उनका श्रीमान साङ्बो लामाको मन थिरमा छैन। उनीहरूले यसै वर्ष मात्र घर निर्माण सकेर बस्न थालेका थिए साङ्बो दिनभर मन बहलाउन गाउँ डुल्ने गरेको लरीमाया बताउँछिन्। ‘घरमा भएको केही निकाल्न पाइएन’, लरीमाया भन्छिन्, ‘अब बाँकी जीवन कसरी बिताउने हो ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न