निषेधाज्ञाअघि म्याद सकिएका आयोजनाको अवधि एक वर्ष थप्न माग

काठमाडौँ, जेठ ३१ गते । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६ गतेभन्दा अघि म्याद समाप्त भएका आयोजनाको म्याद एक वर्ष थप गर्न माग गरेको छ ।

महासङ्घको प्रतिनिधिमण्डलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री उमाशङ्कर अरगरियालाई भेटी आर्थिक वर्ष २०७८/०७९ को बजेटबारे महासङ्घको धारणा पनि पेश गरेको छ । बजेटमा उल्लेख भएअनुसार बैंक जमानत पेश गरेपछि ५० प्रतिशत धरौटी रकम फिर्ता गरिने प्रावधानको सट्टा शतप्रतिशत फिर्ता गर्दा राज्यलाई कुनै घाटा नहुने महासङ्घका अध्यक्ष रवि सिंहले बताउनुभयो । कोभिड–१९ का कारण असहज अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन शतप्रतिशत धरौटी रकम फिर्ता हुनुपर्ने तथा बैंकमा थुप्रिएको रकम बजारमा आई सरकार र निर्माण व्यवसायी दुवैलाई राहत पुग्ने महासङ्घको धारणा छ ।

विषम परिस्थितिमा जनताको स्वास्थ्यमा ध्यान नदिई अतिआवश्यक सेवा बाहेकका सङ्घीय, प्रदेश र स्थानीय सरकारका निकायबाट बोलपत्र आह्वान भइरहेको महासङ्घले जनाएको छ । निषेधाज्ञाका कारण ‘साइट भिजिट’ गर्न सक्ने अवस्था नभएको, ‘प्रिबिड मिटिङ’ हुन नसकेको, बैंकहरुले अति आवश्यक सेवामात्र दिइरहेकोमा बैंक जमानत बनाउन नसकेको लगायतका कारणले बोलपत्रको प्रक्रियामा व्यवसायी सहभागी हुनै नसक्ने अवस्था विद्यमान भई स्वच्छ प्रतिस्पर्धा नहुने र आर्थिक मिलोमतोसमेत हुने भएकोले हाल जारी रहेका सम्पूर्ण खरिदका प्रक्रिया स्थगित गरिनुपर्ने महासङ्घको माग छ ।

व्यवसायीको धेरै रकम भुक्तान हुन बाँकी रहेकोतर्फ मन्त्री अरगरियाको ध्यानाकर्षण गराउँदै महासङ्घका अध्यक्ष सिंहले पुराना निर्माणको भुक्तानीका लागि बजेटको व्यवस्था नभई नयाँ बोलपत्रको आह्वान प्रक्रिया बन्द गरिनुपर्ने माग गर्नुभयो । विगत तीन वर्षदेखि सम्बन्धित प्रदेश सरकारलाई हस्तान्तरण गरेका विकास निर्माणका कामको प्रदेश सरकारले स्वामित्व लिन अस्वीकार गरेका छन् । ती योजनाको निर्माणमा बजेट समस्याले गर्दा योजना ठप्प रहेकोले यस्ता किसिमका योजनाका समस्या तत्काल समाधान गरी भुक्तानीको व्यवस्था गरिनु आवश्यक रहेको महासङ्घको भनाइ छ ।

तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गतका विकास निर्माण केही सङ्ख्यामा जिल्ला समन्वय समितिलगायतका स्थानीय तहलाई हस्तान्तरण गरिएको थियो । तिनको स्वामित्व लिन सम्बन्धित निकायले अस्वीकार गरेका छन् । ती योजनाको निर्माण बजेटको समस्याले गर्दा ठप्प रहेको छ । यस किसिमका योजनाका समस्या तत्काल समाधान गरी भुक्तानीको व्यवस्था गरिनुपर्ने महासङ्घले जनाएको छ ।

विकास निर्माणमा अहोरात्र प्रत्यक्षरूपमा अग्रपङ्क्तिमा रही साइटमा खटिने निर्माण व्यवसायीसहित तिनका कमदार तथा श्रमिकलाई कोभिड—१९ विरुद्धको खोपको व्यवस्था मिलाउन महासङ्घले अनुरोध गरेको छ । प्रतिनिधिमण्डलले मायाको चिनो प्रदान गर्दै मन्त्री अरगरियाको सफल कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेको छ । भेटमा महासङ्घका अध्यक्ष रवि सिंह, महासचिव रोशन दाहाल, कार्यालय प्रमुख प्रेमसिंह ऐर, प्रशासकीय अधिकृत शुभेच्छा सिंह लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

ट्राफिक प्रहरीलाई जरिवानासम्म सीमित अधिकार, लाइसेन्स वा साँचो नियन्त्रण गैरकानुनी: सर्वोच्च

वैशाख १८, काठमाडौँ।  सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा