एमालेमा मिलनबिन्दु खोज्न तीव्र दौडधूप

काठमाडौं, जेठ २८ः नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद चर्किंदै गएपछि दोस्रो पुस्ताका नेता मिलनबिन्दु खोज्न तीव्र दौडधूपमा छन् । शीर्षनेता आ–आफ्नो अडानमा अडिग भएपछि पार्टी एक्ताका लागि सक्रिय दोस्रो पुस्ताका नेताले विभिन्न प्रस्तावमाथि छलफल गरिरहेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वमहासचिव माधवकुमार नेपालबीचको विवादका कारण पार्टी विभाजन संघारमा पुगेपछि दोस्रो पुस्ताका नेता मिलाउने प्रयासमा छन् । केन्द्रमा देखिएको विवाद आगोझैं प्रदेशदेखि स्थानीय तहसम्म पुगिसकेकाले त्यसको नोक्सानी प्रत्यक्ष रूपमा पार्टी र शीर्षनेताले नै भोग्नुपरेको छ ।

उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका एमाले नेता विष्णु पौडेलले एक्ताका लागि अन्तिमसम्म प्रयास जारी नै रहेको बताए । पार्टी नेता, कार्यक्र्ता अहिले पनि एक्ताको पक्षमा रहेकाले विभाजनमा गर्न खोज्नेलाई कसैले साथ नदिने उनले उल्लेख गरे ।

‘पार्टी विभाजन गर्ने सबै गतिविधि सम्पूर्ण रूपमा असफल बनाउँछौं, नेताकार्यक्र्ता कोही पनि विभाजन पक्षमा रहेको देखिँदैन,’ पौडेलले भने, ‘पार्टी एक्ताका लागि हामी अन्तिमसम्मको प्रयास जारी नै राख्छौं । विभाजन गर्ने काम कोही कसैका लागि राम्रो हुन सक्दैन ।’

नेपाल समूहले पठाएको पत्र अत्यन्त गम्भीर प्रकृतिको रहेको पनि पौडेलले बताए । पार्टी अध्यक्ष ओलीले उदार र खुला विचारसाथ एक्ताका लागि गरेको आह्वान अस्वीकार गर्नुले नेपाल समूह एक्ता पक्षमा नरहेको बुझ्न बाध्य बनाएको उनले औंल्याए ।

आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल कुनै पनि हालतमा सफल हुन नसक्ने उनको दाबी छ । आमकार्यक्र्ता एक्ता पक्षमा रहेको अवस्थामा नेपाल समूह कुनै पनि हालतमा विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्नु, आफ्नो अडानबाट पछि हट्न नखोज्नु, पार्टी एक्ताका लागि घातक भएको पौडेलको टिप्पणी छ ।

एमाले नेता गोकर्ण विष्ट एकताका लागि विभिन्न प्रस्तावमाथि छलफल भइरहेको बताउँछन् । एकताका लागि अनौपचारिक रूपमा भइरहेको नेताबीचको छलफलमा सहभागी विष्टले एकता जोगाउने विषयमा विभिन्न कोणबाट छलफल जारी रहेको जानकारी दिए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा