May 27, 2021

बैंकलाई शेयर लगानीमा कडाइ गर्ने राष्ट्र बैंकको नीति : कस्तो पर्ला बजारमा असर ?

काठमाडौं,जेठ १३,नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई शेयर लगानीमा कडाइ गर्ने भएपछि लगानीकर्ता भने बजार प्रभावित हुनेमा चिन्तित बनेका छन् । राष्ट्र बैंकले मंगलवार बैंक तथा वित्तीय संस्थाहरूलाई लघुवित्त कम्पनीको शेयर खरीदमा रोक र दीर्घकालीन लगानीमा जोड दिन निर्देशन दिएको हो ।

तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षामा गरेको व्यवस्थालाई कार्यान्वयनमा ल्याउने क्रममा राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो । अबको नयाँ व्यवस्थामा बैंकहरूले ०७८ जेठ १० गतेसम्म खरिद गरेको लघुवित्तको शेयर आगामी पुस मसान्तभित्र बिक्री गरिसक्नुपर्नेछ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनका लागिबाहेक लघुवित्त कम्पनीको शेयरमा लगानी गर्न रोक लगाएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई दीर्घकालीन लगानीमा जोड दिन दिएको निर्देशनले अब बैंक तथा वित्तीय संस्थाहरूले शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न सक्नेछन् ।

खरिद गरेको एक वर्ष व्यतीत भएको लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको एक प्रतिशतसम्मको लगानी मात्र बिक्री गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
यो व्यवस्थाले यसअघि अर्थात् जेठ १० गतेसम्म लगानी गरेको शेयर आगामी असार मसान्तभित्र बिक्री गर्न भने बाधा नपुग्ने राष्ट्र बैंकको भनाइ छ । शेयर बजारसँग सम्बन्धित शेयर धितो कर्जाको व्यवस्थामा पनि राष्ट्र बैंकले परिमार्जन गरेको छ ।

शेयर कर्जा प्रवाह गर्दा सुरक्षणबापत राखिने शेयरको मूल्यांकन गर्दा १८० कार्यदिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकम मात्र शेयर धितोमा कर्जा प्रवाह गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि १२० कार्यदिनको मूल्यांकनको आधारमा धितो कर्जा प्रवाह हुँदै आएको थियो ।

कोभिड–१९ का कारण अस्तव्यस्त बनेको जनजीवनका बीच पनि शेयर बजारले भने ऐतिहासिक रेकर्ड कायम गर्दै आएको छ । कोभिड प्रभावकै बीच बजार १ हजार १०० बिन्दुदेखि २ हजार ८१६ बिन्दुसम्म पुगिसकेको छ । बजारको निरन्तर वृद्धिको यात्रालाई राष्ट्र बैंकको नयाँ उल्लिखित व्यवस्थाले प्रभाव पार्छ कि भन्नेमा आम लगानीकर्तामा यतिबेला चिन्ताको विषय बनेको छ । कतिपय लगानीकर्ताले बजारमा नकारात्मक असर गर्ने टिप्पणी गरेका छन् भने कतिपयले यो व्यवस्थाले सकारात्मक प्रभाव पर्ने विश्लेषण गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजी बजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेलले राष्ट्र बैंकको नयाँ नीतिले अल्पकालमा सर्वसाधारणका लागि अप्रिय रहे पनि भविष्यका लागि फलदायी हुन प्रतिक्रिया दिए । बैंक तथा वित्तीय संस्थाहरूलाई दीर्घकालीन लगानीमा जोड दिएकाले बजारमा सप्लाइ कम हुने विश्वास उनको छ ।

हाल बजारमा लगानी गरिरहेका बैंकहरूले धेरैजसो लगानी १४ महिनाभित्र बिक्री गरी नाफा बुक गर्ने हुँदा यो वर्ष र आगामी वर्ष ती संस्थाहरूको नाफामा उल्लेख्य प्रगति हुनेसमेत पौडेलको अपेक्षा छ ।

अर्का लगानीकर्ता तुलसीराम ढकाल बैंकहरूलाई शेयर लगानीमा गरेको कडाइले बजारलाई खासै प्रभाव नपार्ने बताउँछन् । बैंकहरूको प्राथमिक काम शेयर खरिद बिक्री गर्ने नभएकाले नयाँ व्यवस्थाले बजारमा खासै प्रभाव नपर्ने विश्लेषण ढकालको छ । ‘शेयर किन्ने म्युचुअल फण्डहरूले हो न कि बैंकले । यति थोरै सप्लाइ रहेको बजारमा अरू क्षेत्रको लगानीले माग बढाउन सहयोग मिल्छ’, उनले भने ।  यो समाचार आर्थिक अभियानदैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानन्यायाधीश र न्यायाधीशबारे छानबिन गर्न माग

काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर

साइबर जोखिमले सरकारी वेबसाइट बन्द

२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट

बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव: बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

अख्तियारकी आयुक्त अमात्य र प्रदीप अधिकारीबीचको अडियोले घुस र अनुसन्धानको सूचना चुहावटमाथि प्रश्न

आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा