सियारी गाउँपालिकाको हर्नैया स्वास्थ्य चौकीमा कार्यरत बुटवल निवासी ४४ वर्षिया निशा श्रेष्ठ आले कक्षपतिले बैंकको रुपन्देही स्थित सियारी शाखामा सुपर चमत्कारिक तलब बचत खाता खोलेकोमा सो खातामा रहेको खाता वाल तथा निजको परिवारका सदस्यहरुलाई समेत उपलब्ध बीमा सुविधा अनुरुप उनका पति जीवन प्रसाद कक्षपतिको घातक रोग उपचार वापत निज खाता वालाले उक्त रकम प्राप्त गरेका हुन् ।
सोही जिल्लाको रुद्रपुर शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेका कञ्चन गाउँपालिका–३ निवासी ४७ वर्षिया बिन बहादुर वर्मालाई घातक रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको बैंकले जनाएको छ । उक्त बीमा रकम बैंकले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खाता वालालाई भुक्तानी गरेको हो ।
बैंकले हाल न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहकहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बीमा सुविधा प्रदान गर्दै आएको जनाएको छ ।
यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख (अस्पताल भर्नामा ८० हजार र बहिरंग उपचारमा २० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरु समेत ग्राहकहरूले पाउन सक्नेछन् ।
बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४४५ जना भन्दा बढीले बीमा वापतको २ करोड ९० लाख भन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा