६६० जना नयाँ भन्सार एजेन्टको लाइसेन्स खुल्यो

 २०७७ चैत १६, काठमाडौं । आयात र निर्यात सहज बनाउन सरकारले दुई दशकपछि भन्सार एजेन्ट थप गर्ने भएको छ । लामो समयपछि भन्सार विभागले ६ सय ६० जना नयाँ भन्सार एजेन्टको आवेदन खुल्ला गरेको हो ।

२०५६ सालदेखि रोकिएको भन्सार एजेन्टको लाइसेन्सको लागि आवेदन माग गरिएको हो ।  भन्सार एजेन्टल विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात–निर्यातमा सहजीकरण गर्ने छन् । भन्सार विभागले २० वर्षअघि ४०० भन्सार एजेन्टलाई लाइसेन्स दिएको थियो ।

त्यसबेला लाइसेन्स लिएका एजेन्टमध्ये अहिले १७० मात्रै काममा छन् । २० वर्ष पहिले एजेन्टको लाइसेन्स लिंदा परीक्षा भएको थिएन । तर यस वर्ष भने विभागले परीक्षा लिएर नै नयाँ लाइसेन्स दिने भएको छ ।

एजेन्ट लाइसेन्सका लागि मौखिक र लिखित हुने छ । २०६१ सालमा भन्सार एजेन्टको अनुमतिपत्र दिने परीक्षा सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो ।

त्यसै अनुसार भन्सार विभागले अहिले ऐन परिमार्जन गरी नयाँ भन्सार एजेन्टको आवेदन खोलेको हो । के चाहिन्छ एजेन्ट बन्न रु भन्सार एजेन्ट बन्न बीए वा सोसरहको शैक्षिक योग्यता चाहिनेछ ।

प्रविधिको प्रयोग भएका भन्सार विन्दुहरूमा अनिवार्य भन्सार एजेन्ट हुने भएकाले साधारण कम्प्युटर चलाउन सक्ने हुनुपर्छ । भन्सार एजेन्टको इजाजतपत्र लिन इच्छुक व्यक्तिका लागि दरखास्त माग गरेपछि २१ वर्ष पूरा भएको नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् ।

२०६५ सालमा भन्सार एजेन्टको प्रतिनिधि नियुक्त भई दुई वर्ष काम गरेको व्यक्तिलाई सम्बन्धित भन्सार कार्यालय प्रमुखले सो व्यहोरा प्रमाणित गरेमा शैक्षिक योग्यता आवश्यक पर्दैन ।

काम गरेकालाई आईए वा सो सरहको योग्यता भए पुग्छ । तर, परीक्षामा सबै समान रूपमा सहभागी भने हुनुपर्छ । भन्सार विभागले भन्सार एजेन्टको नयाँ लाइसेन्स आगामी वैशाख ५ गतेसम्मको दरखास्त दिन सक्ने गरी आवेदन खुल्ला गरेको हो ।

भन्सार एजेन्टको लागि दरखास्त दिन चाहने योग्य उम्मेदवारले वैशाख १२ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । ३ हजार रुपैयाँ तिरेर आवश्यक काजपत्र अनलाइनबा नै दरखास्त दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न