कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्छु: मन्त्री उषाकला राई

खाेटाङ, चैत १४ः प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताएकी छन्। स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवर्द्धनमा लागेकी मन्त्री राईले शुक्रबार शपथ तथा पदभार ग्रहण गरेलत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्दै साना उद्योगका रूपमा रहेको कोदोको रक्सी उत्पादनलाई कानूनीरूपमा वैधता दिने प्रबन्ध मिलाउनुपर्नेमा जोड दिइन्।

उनले खोटाङको दिक्तेल बजारमा यसअघि स्थानीय उत्पादनको रक्सी प्रहरीले जफत गरेर नष्ट गरेको विषयलाई लिएर स्थानीय सरकारको कडा आलोचनासमेत गरेकी थिइन्। मन्त्री राईले पदभार ग्रहण गरेलत्तै फेसबुकमा लेखेको स्टाटसमा नेपाली जनताको परिवर्तनका लागि सामाजिक मुक्ति आन्दोलनमा आफ्नो यात्रा अविचलित रहिरहने पनि बताएकी छन्।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा जन्मिएकी मन्त्री राईले मन्त्रीको पदभार ग्रहण गरेपछि जन्मदिने आमाबुबा तथा खोटाङे जनतालाई धन्यवाद व्यक्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी