ट्रम्पको ट्वीटर खाता स्थायीरुपमा निलम्बन

एजेन्सी, पुस २५ः सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खाता स्थायीरुपमा निलम्बन गरेको छ । ट्रम्पले हिंसालाई उकास्ने खतरा रहेको कारण ट्रम्पको ट्वीटर खाता स्थायीरुपमा निलम्बन गरेको ट्वीटरलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।चुनावी परिणाम अस्वीकार गर्ने क्रममा ट्रम्पका समर्थकहरूले बुधबार अमेरिकी संसदमै हमला गरी मानिसहरूको हत्या गरेका थिए । घटनापछि ट्रम्पको खातामा १२ घण्टे प्रतिबन्ध लगाएको ट्वीटरले ट्रम्पको खाता अस्थायी रुपमा निलम्बन गरेको हो ।

यसैबीच अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको पद तथा गोपनीयताको शपथ कार्यक्रममा राष्ट्रपति डोनाल्ड ट्रम्प अनुपस्थित हुने भएका छन् । ट्रम्पले ट्वीट गर्दै यस्तो जानकारी दिएका छन् । संसद हमलाको घटना लगत्तै सामाजिक सञ्जालहरूमा ट्रम्पमाथि प्रतिबन्ध लागेको थियो ।

१२ घण्टापछि ट्वीटरले प्रतिबन्ध हटाएलगत्तै ट्रम्पले शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण हुने लेखेका थिए । त्यसपछि अर्को ट्वीटमा आफू जनवरी २० मा आयोजना हुने शपथमा आफू सहभागी नहुने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत