पुरानो लयमा फर्किंदै अर्थतन्त्र

काठमाडौं, पुस १५ः बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह गत वर्षको सोही अवधिमा भन्दा वृद्धि हुन थालेको छ । कोभिड–१९ ले धराशायी भइरहेको वर्तमान अवस्थामा कर्जाको माग बढ्नु अर्थतन्त्र पुरानै लयमा फर्कन लागेको संकेत हो । यद्यपि अहिले कर्जा प्रवाह अनुत्पादक क्षेत्रमा भएको देखिएको छ ।

गत वर्षको तुलनामा चालू आवको पाँच महिनामा २ खर्ब ३७ अर्ब कर्जा लगानी वृद्धि भएको छ । गत वर्षको यो अवधिमा पनि अघिल्लो वर्षको तुलनामा कर्जा लगानी २ खर्ब १५ अर्बले बढेको थियो । गत असार मसान्तमा वाणिज्य बैंकहरूको कर्जा लगानी २९ खर्ब ३ अर्ब थियो । चालू आवको १० पुससम्ममा कर्जा लगानी ३१ खर्ब ४० अर्ब पुगेको छ ।

यो ८ प्रतिशतको वृद्धि हो । १० पुससम्म विभिन्न वाणिज्य बैंकले ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । निक्षेप संकलन भने ३५ अर्ब रुपैयाँ मात्र भएको छ ।

नेपाल बैंकर्स संघका अनुसार पुस १० गतेसम्ममा बैंकहरूले ३७ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए भने ३१ खर्ब ४० अर्ब कर्जा प्रवाह गरेका थिए । २७ मंसिरसम्ममा निक्षेप ३६ खर्ब ९४ अर्ब र कर्जा ३१ खर्ब १ अर्ब रुपैयाँ थियो । त्यस्तै पछिल्लो एक सातामा कर्जा लगानी १७ अर्ब र निक्षेप १२ अर्ब रुपैयाँले बढेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चार महिनामा उपभोग्य कर्जा १०.१ प्रतिशतले बढेको छ । सरकारी वा संस्थागत ऋणपत्रको धितोमा लिने कर्जा र क्रेडिट कार्ड कर्जा क्रमशः २६.४ र १८.४ प्रतिशतले बढेको छ ।

त्यस्तै घरजग्गा व्यवसाय कर्जा १४.६ प्रतिशत, विज्ञापन क्षेत्रमा जाने कर्जा ४४.४ प्रतिशत, सेयर धितो कर्जा २१.६ र स्थिर सम्पत्तिमा लगानीका लागि दिइने कर्जा ११.९ प्रतिशतले बढेको छ ।

कृषि कर्जा बढे पनि चिया उत्पादनका क्षेत्रमा जाने कर्जा भने ३.५ प्रतिशतले घटेको छ । ७.४ प्रतिशतले बढेको कृषि कर्जा पनि उत्पादनभन्दा कृषि सेवातर्फ बढी गएको देखिएको छ ।

चालु आर्थिक वर्षका सुरुका चार महिनामा मदिराबाहेकका पेय पदार्थमा जाने कर्जामा २१.१ प्रतिशतले कमी आएको छ भने मदिरा क्षेत्रमा जाने कर्जामा ४.९ प्रतिशतले वृद्धि भएको छ । मुलुकमा कर्जाको माग बढी भइरहेकै बेला राष्ट्र बैंकले १ अर्ब ४० करोड बैंक तथा वित्तीय संस्थामा एक वर्षे मुद्दतीमा लगानी गर्ने भएको छ ।

यसैगरी सरकारलाई अल्पकालीन स्रोत जुटाउन नेपाल राष्ट्र बैंकले २ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब १२ करोड बराबरको मुद्दती निक्षेप वाणिज्य बैंकमा राख्ने भएपछि बजारमा थप लगानीयोग्य रकम बढ्ने भएको हो । केन्द्रीय बैंकले विकास बैंकमा २१ करोड र वित्त कम्पनीहरूमा ७ करोड बराबरको रकम पनि लगानी गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी