त्रिभुवन विमानस्थलको आम्दानी पाँच अर्ब घट्यो

काठमाडौं ,मंसिर , २०७७ , कोरोना  सङ्क्रमणका कारण  उडान  प्रभावित  भएपछि  देशकै  एक  मात्र अन्तर्राष्ट्रिय  विमानस्थलले  पाँच  अर्ब  रुपियाँभन्दा बढी आम्दानी गुमाएको छ । त्रिभुवन  अन्तर्राष्ट्रिय  विमानस्थलका  अनुसार २०७६ चैतदेखि २०७७ कात्तिकसम्म विमानस्थलको आम्दानी  एक  अर्ब  १९  करोड  रुपियाँ  मात्र  पुगेको छ । जब   कि   २०७५   चैतदेखि   कात्तिकसम्म विमानस्थलले  छ  अर्ब  १९  करोड  ७५  लाख  रुपियाँ आम्दानी  गरेको  थियो । यस  हिसाबले  कोभिडको बीचमा विमानस्थलको आम्दानी पाँच अर्ब १७ लाख रुपियाँले घटेको तथ्याङ्क छ ।

कोभिड  सङ्क्रमण  नियन्त्रणस्वरूप  सरकारले गत चैत ११ देखि निषेधाज्ञा जारी गरेको थियो । करिब पाँच महिना लामो निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय र आन्तरिक  दुवैतर्फको  नियमित  उडान  बन्द  थियो । उडान नै नहुँदा  विमानस्थलले  नियमित  किसिमका आम्दानी गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । मासिक औसत ५० करोड रुपियाँभन्दा बढी आम्दानी गर्दै आएको  यो  विमानस्थलको  आम्दानी  कोरोना सङ्क्रमणका  कारण  गत  भदौमा  चार  करोड  ८९ लाख रुपियाँसम्म घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

पूर्वमन्त्री मोहन बस्नेत विरुद्ध तीन अर्ब २१ करोडको  भ्रष्टाचार मुद्दा दर्ता

  जेठ १,काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको