September 8, 2020

स्थानीय तहका कर्मचारी : हाजिर हुनै दिँदैनन् जनप्रतिनिधि

भाद्र २३, गौर : रौतहटका केही स्थानीय तहले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन दिँदैनन्। कतै भने दुईवटा स्थानीय तहमा एउटै कर्मचारीलाई प्रमुख र लेखा अधिकृतको जिम्मेवारी दिइएको छ।

केही दिनअघि चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिका र यमुनामाई गाउँपालिकामा सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन पाएनन्। सरुवा भइ आएका अधिकृतलाई के गर्ने भन्ने छलफल मेयरले गरिरहेका छन्।

कटहरिया नपाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह र गरुडा नपामा लेखा अधिकृत एउटै व्यक्ति हुन्। उनी दुईवटा नपामा फरकफरक जिम्मेवारीमा छन्। गरुडा नपाका लेखा अधिकृत साह गत आर्थिक वर्षदेखि कटहरिया नपाको प्रमुख प्रशासकीय अधिकृत भएका हुन्। उनले दोहोरो सुविधा लिँदै आएको स्रोत बताउँछ।

एउटै व्यक्ति फरकफरक पदमा दुई ठाउँको जिम्मेवारीमा बस्नु नैतिकताविपरीत भएको जानकार बताउँछन्। अधिकृत साहले दुवै तहमा काम गर्दै आएको स्वीकार गर्दै एउटा तहको जिम्मेवारी छाड्ने प्रतिक्रिया दिएका छन्।

रौतहटका दुई गाउँपालिका र १६ नगरपालिका मध्ये अधिकांश तहमा इन्जिनियर, लेखाका कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षाका कर्मचारी, स्थानीयतहका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।

गरुडा नपामा खानेपानीका इन्जिनियर मुस्ताक आलम, बृन्दाबन नपामा इन्जिनियर नागेन्द्र यादव, चन्द्रपुरमा शिक्षा शाखा प्रमुख कृष्णप्रसाद सिग्देल, राजदेवी नपामा इन्जिनियर सञ्जय पाण्डे, गुजरा नपामा स्वास्थ्यका नन्देश्वर चौधरी र फतुवाविजयपुर नपामा स्वास्थ्यकर्मी प्रमोदकुमार गुप्तालाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। बौद्धिमाई नपामा स्थानीय तहका रामईश्वर राय, राजपुर नपामा स्थानीय तहका बैजु ठकुर, देबाहीगोनाही नपामा स्थानीयतहका राजदेव रामले प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन्।

अधिकांश स्थानीय तहमा प्रशासनतर्फका कर्मचारीले प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छैनन्। रौतहटमा मेयर, उपमेयर, वडा अध्यक्ष अनुकूलका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाउने चलन नै बसेको सरुवा भएर जाने धेरै अधिकृत बताउँछन्। संघीय मन्त्रालयले खटाएका प्रशासनिक अनुभव भएकालाई जिम्मेवारी दिँदा नीति, नियम, ऐन, कानुन बढी झेल्नुपर्ने भन्दै जनप्रतिनिधिले अनुकूलका कर्मचारी खोज्ने गरेका छन्।

भदौ १४ गते मौलापुर नपाबाट गरुडा नपा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहलाई हाजिर गर्न रोकियो। उनले हाजिर हुन प्रयास गरिरहेका छन्। कार्यालय जाँदा हाजिर रजिस्टर नै लुकाइयो।

गरुडाका मेयर इनुराय यादवका छोरा अनिल यादव र भतिजा रामसिंह यादवले वातावरण नमिलेको भन्दै हाजिर गराउन मानेका छैनन्। नगरपालिकामा उनीहरुकै रजगज रहेको नगरका बासिन्दा बताउँछन्। अधिकृत साहलाई हाजिर गराउने नगराउने विषयमा गरुडामा छलफल भइरहेको मेयर पक्षले जानकारी दिएको छ। गरुडा नपाका मेयर यादवले पहिलेदेखि काम गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमलाई नै जिम्मेवारी दिन मन्त्रालयमा पत्राचार गरेका छन् । अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर