भाद्र २१, परासी : विद्यालयको शिक्षण शुल्क बापतको बक्यौता रकम नतिरेको भन्दै पूर्वी नवलपरासीका एक अभिभावकलाई निजी विद्यालयका प्रिन्सिपलले खुट्टा भाँचिदिएका छन् । विनयी त्रिवेणी गाउँपालिका-६ रानीनगरस्थित उज्जवल शिशु इंग्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल दीपक कुँवरले आफ्नै विद्यार्थीका अभिभावकलाई कुटपिट गरेर खुट्टा भाँचिदिएका हुन् । प्रिन्सिपलको कुटाइबाट ती अभिभावको खुट्टाको जोर्नीको हड्डी खुस्किएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी मोहनबहादुर खाँडले बताए ।
कु्टपिटबाट पश्चिम नवलपरासी सुस्ता गाउँपालिका-३ का कृष्णप्रसाद अचार्य घाइते भएका हुन् । आचार्यको दाहिने खुट्टा भाँचिएको छ । कुँवरको विद्यालयमा आचार्यका दुई छोराहरु अध्ययन गर्दर्थे । साउन २८ गते बक्यौता शुल्क माग गरेपछि आचार्यले कारोना भाइरसको कारण लकडाउन भएको र आफूसँग तत्काल रकम नभएको भनेपछि विवाद भएको थियो । रकम तत्काल तिर्न नसकने भनेपछि कुँवरले गाली गलौज गर्दै कुटपिट गरेको घाइते आचार्यका छोरा लक्षण आर्चाले बताए । आचार्यको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ ।
‘हामी दुई जना दाजुभाइ सरको विद्यालयमा नै पढेका हौं । तीन वर्षअघि एसईई दिने बेलामा अध्ययन गरेको करिब २५ /३० हजार रकम तिर्न बाँकी रहेछ,’ घाइते अभिभावकका छोरा लक्ष्मण आर्चायले भने,‘एकै पटक तिर्न नसक्ने र थोरै थोरै गरेर तिर्छौं भन्दा एक्कासी किनमेलका लागि बजार जाँदा बाटोमा नै हातपात भयो ।’
घटना भएको लामो समय हुँदा समेत गाउँघरको झगडा भन्दै प्रहरी समक्ष उजुरी पुगेको थिएन् । तर उपचार खुट्टाको अप्रेसन गर्नुपरेको र उपचार खर्च पनि धेरै लागेपछि अहिले आचार्य परिवार पीडित बनेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) मा घाईते आचार्यका छोरा राम आचार्यले भदौ ९ गते जाहेरी दर्ता गरेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी खाँडले प्रिन्सिपल विरुद्ध मुद्दा दर्ता भएको र आरोपितको खोजी कार्य भइरहेको बताए । कान्तिपुरबाट
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)