September 5, 2020

बागलुङ बाढी पहिरो: मृतकको पहिचानमा कठिनाइ, आठ जनाको सनाखत

भाद्र २०, बागलुङ : बागलुङको भुजीखोलाको बाढीले तटीय बस्ती बगाउँदा १४ जनाको मृत्यु भएको छ । जसमध्ये ८ जनाको सनाखत भएको छ ।  जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिका–५ पेङखोलामा बाढीले बस्ती बगाउँदा २३ वर्षीया दिलमाया पुन र उनका श्रीमान् दर्शन पुन, लाकुरीबोटका करबहादुर विक र उनका ९ वर्षीय छोरा दलु विकको मृत्यु भएको छ । उनीहरूको शव घरनजिकैको खोलामा फेला परेको थियो ।

यसैगरी, भट्टेचौरकी २६ वर्षीया केशमाया विक, २६ वर्षीय जीवन विक, ३१ वर्षीया रिमकुमारी घर्ती र उनका श्रीमान् धु्रव घर्तीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । भुजीखोलाको बाढीले बस्ती बगाउँदा बेपत्ता भएकामध्ये ८ जना महिला र ६ जना पुरुषको शव फेला परेको हो । शव क्षतविक्षत् अवस्थामा फेला परेकाले अन्य ६ जनाको सनाखत हुन सकेको छैन ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, जिल्ला सदरमुकामदेखि गएका युवाहरूले बिहीबार दिनभर र शुक्रबार साँझसम्म बेपत्ताको खोजी गर्दा पनि थप बेपत्ता भेटिएका छैनन् ।

१५ जना प्रहरीको विशेष टोलीले भुजीखोला हुँदै बडिगाडको खोला किनारमा खोजी गर्दा पनि बेपत्ता फेला पार्न नसकेको डिएसपी रेग्मीको भनाइ छ । बाढीले बगाउँदा बेपत्ता भएका ४१ जनामध्ये ३ जना सकुशल सम्पर्कमा आएको र २४ जनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर