August 24, 2020

सिंहदरबारको पुननिर्माण यसै वर्ष सकिने

भूकम्पले क्षतिग्रस्त मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मुख्य प्रशासनिक भवनका तीनवटा मोहडाको प्रबलीकरण सम्पन्न भएको छ । भवनको उत्तरी, पूर्वी र दक्षिणी मोहडा प्रबलीकरण सम्पन्न भएको हो । ती मोहडामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने गरेको थियो । भवनको पश्चिमी मोहडाको पुनर्निर्माण ७५ प्रतिशत सम्पन्न भएकोे छ भने बाँकी काम चालू आर्थिक वर्षभित्रै सम्पन्न हुनेछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सिंहदरबारको मुख्य प्रशासनिक भवनको पुनर्निर्माण तीन चरणमा भइरहेको जानकारी दिए । भवनको चार मोहडामध्ये उत्तरी, पूर्वी र दक्षिणी मोहडाको प्रबलीकरण सम्पन्न भइसकेको छ, उनले भने, पश्चिमी मोहडाको पुनर्निर्माण ७५ प्रतिशत सम्पन्न भएकोे छ ।

वि.सं. २०३० मा भएको आगलागीपछि अङ्ग्रेजी अक्षर ‘सी’ आकारको यो भवनको जीर्णोद्धारमा सिमेन्ट, बालुवा, रडलगायतका सामग्री प्रयोग गरिएको थियो । पहिलो चरणअन्तर्गत उत्तरी, पूर्वी र दक्षिणी मोहडा, दोस्रो चरणअन्तर्गत पश्चिमी मोहडा र तेस्रो चरणअन्तर्गत विद्युतीकरण, आधुनिक फर्निचर, डेकोरेसन, सुरक्षासँग सम्बन्धित उपकरणको जडान, बगैँचा निर्माणलगायतको कार्य गरिने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर