काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन उपत्यकाका सडकमा करिब ५ हजार सुरक्षाकर्मी खटाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लामा गरी निषेधाज्ञामा कडाइ गर्न भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब ५ हजार सुरक्षाकर्मी खटाइएको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी एवं प्रवक्ता सुशीलकुमार यादवले नियमित ड्युटीबाहेक उपत्यकाका सडकमा नेपाल प्रहरी तर्फबाट मात्रै ३ हजार ३ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । यसैगरी, सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार तीनै जिल्लामा गरी सशस्त्र प्रहरीका १ हजार ५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता यदवका अनुसार बिहीबार काठमाडौंका सडकमा निषेधाज्ञा उल्लंघन गर्दै हिँडेका ५ सय ८१ जनालाई होल्ड गराइएको छ । यसैगरी, ललितपुरमा १ हजार २ सय १० जनालाई होल्ड गराइएको छ भने भक्तपुरमा ५ सय ३५ जनालाई निषेधाज्ञा उल्लंघन गरेको भन्दै सडकमा होल्ड गराइएको छ । यसरी होल्ड गराइएका सबैलाई साँझसम्म सचेत गराएर छाडिएको यादवले जानकारी दिए ।
ट्राफिक प्रहरीले निषेधाज्ञा उल्लंघन गर्दै चलाइएका २ हजार ९ सय २ सवारी साधनलाई बिहीबार सडकमै होल्ड गराएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर