August 16, 2020

हेलचेक्र्याइँले कोरोना सङ्क्रमण बढ्यो

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले अहिलेको अवस्थालाई कोरोना समुदायमा फैलिएको भन्न नमिल्ने बताए । 

पछिल्लो समय कुनै विगत यात्रा वृत्तान्त (ट्राभल हिस्ट्री) नभएका व्यक्तिहरू पनि सङ्क्रमित रहेको जानकारी दिँदै उनले त्यसकै आधारमा कोरोना समुदायमा फैलियो भन्न नमिल्ने बताए ।

“कतिपय अस्पतालका स्वास्थ्यकर्मीलाई समेत कोरोना पुष्टि भएको छ,” डा. पाण्डेले थपे, “तर त्यसलाई कोरोना समुदायस्तरमा गइसक्यो भन्न मिल्दैन ।” कतिपय अवस्थामा स्थानीयस्तरमा कुनै ठाउँमा नगएका व्यक्ति सङ्क्रमित भएको भन्दै उनले समुदायमा जान सक्ने सम्भावना रहेको बताए ।

निर्देशक डा. पाण्डेले सबैजना सुरक्षित रहने हो भने बन्दाबन्दी गर्नुपर्ने अवस्था नआउने भन्दै व्यक्तिको हेलचेक्र्याइँले गर्दा सङ्क्रमण बढेको विश्लेषण गरे । उनले पछिल्लो समय सङ्क्रमितहरू अधिकांश भारतबाट आएको भन्दै प्रत्येक अस्पतालका डाक्टर, नर्स तथा अन्य कर्मचारीलाई कोरोना देखिनु विडम्बना भएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर