August 14, 2020

धुलिखेल अस्पताल सिल: अस्पतालका १२० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

facebook sharing button काभ्रे, साउन ३०ः धुलिखेल अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा कोरोना देखिएपछि अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको छ ।
बिरामी र स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालले ओपीडी, आकस्मिक कक्ष र वार्ड सहित संक्रमण फैलिएको आंशका भएकाले केही समय अस्पतालको सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ । संक्रमणमुक्त नहुन्जेलसम्म अस्पतालको आकस्मिक सेवा मात्र सञ्चालन हुने छ ।

बिहीबार साँझ एक प्रेस बिज्ञप्ति मार्फत अस्पतालका प्रशासकीय निर्देशक डा रमेश माकजूले गत सोमबारदेखि बिहीबार सम्ममा चार बिरामी र एक उपचारमा सलग्न स्वास्थ्यकर्मी सहित पाँच जनामा कोरोना पोजेटिभ देखिएकाले करिब १ सय २० डाक्टर र उपचारमा सलग्न स्वास्थ्यकर्मी एकान्तबास बसेको जनाएका छन् ।

बिज्ञप्तिमा एकान्तबासमा रहेका व्यक्तिहरुको नमूना संकलन गरी परीक्षण भैइरहेकाले सोको जानकारी सहित सेवा सूचारु सम्बन्धी अर्को सूचना साउन ३२ गते आइतबार प्रकाशन गर्ने जनाएको छ ।

कोरोना परीक्षण गर्दै आएको उक्त अस्पतालमा चैत २३ गते यता ११ हजार ४८ जनाको परीक्षण गरेको जनाएको छ । अस्पतालमा २१ जना कोरोना पोजेटिभ र छ जना अन्य बिरामी उपचारमा रहेका छन । अस्पतालले स–शुल्क कोरोना परीक्षण सुरु गरेको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर